बांगेचौर–अदुवाबारी जोड्ने लामो पुलमा सुइङको आकर्षण

Sinchai Khanipani notice

बेनी । बागलुङ नगरपालिका–१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुंगे पुलमा अर्को आकर्षण थपिएको छ ।

जंगली ट्रि टु ट्रि एडभेञ्चर गेम प्रा.लीले कुश्मा नगरपालिका–१ अदुवाबारी स्थित लामो पुलको नजिकै रोमाञ्चक सुइङ सञ्चालनको तयारी गरेको छ । लामो पुल घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर डिलक्स र सिंगल सुईङ निर्माण गरेको कम्पनीका सञ्चालक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अग्लो पहाडको डिलमा ब्यवस्थित किसिमले पिङ खेल्न मिल्ने गरी सुइङको संरचना तयार पारिएको छ । सुइङमा बसेर आनन्द लिदै लामो पुल, नागबेली परेको कालीगण्डकी, पर्वतको कुश्मा, बागलुङ बजारका साथै अन्य ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।

Shreekrishna hardwear in news

‘पहिलो चरणमा सुइङ सञ्चालनको तयारी गरेका छौ,’ उहाँले भन्नुभयो ‘बालबालिकाहरु रुखमा चढेर खेल्न मिल्ने संरचना पनि तयार हुदैछ ।’ सुइङ ब्यवस्थित र सुरक्षित किसिमको एक प्रकारको पिङ हो । फलामको पिल्लरमा झुण्डाइएको बलियो डोरीको तल राखिएको डिब्बामा बसेर मच्चिन सकिन्छ ।

Bhautik ministry notice about road

सोफा राखिएको डिलक्स सुइङमा एकै पटकमा दुई जना चढ्न सकिन्छ । एक पटकमा पाँच मिनेटसम्म सुइङ यता उता गरेर मच्चिन्छ । सिंगल सुइङको रु. दुई सय र डिलक्स सुइङको प्रतिपटक रु. चार सय शूल्क कायम गरेका छन् ।

कम्पनीले अदुवाबारीमा रहेको पुरानो मोडेलको घरलाई मर्मत गरेर आकर्षक र ब्यवस्थित बनाउन सुरु गरेको छ । स्थानीय सुरेन्द्र श्रेष्ठ, बिकास अर्याल, गणेश सुबेदी र राजेन्द्र अर्यालले खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने अबधारणको ब्यवसाय सुरु गर्नुभएको हो ।

कालिगण्डकी नदीमाथि बनेको बांगेचौर–अदुवाबारी झोलुङ पुल अवलोकनका लागि दैनिक सँयौ मानिसहरु पुग्ने गर्दछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष रु. १२ करोड २२ लाखको लागतमा ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुंगे पुल निर्माण गरेको थियो ।

पुललाई विश्वकै लामो झोलुंगे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ । ‘झोलुंगे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा लामो पुलले अर्को चिनारी थपेको छ । देशकै लामो पुल तर्न र अवलोकनका लागि जिल्ला भित्रने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...