मौवाफाँटमा मुक्तिनाथको सेवा केन्द्र

Sinchai Khanipani notice

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार बेनीको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना भएको छ ।

स्थानीय तहहरुमा सेवा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा स्थापना भएको सेवा केन्द्रको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले उद्घाटन गर्नुभयो । बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत उपलब्ध गराउने गरि सेवा केन्द्र सञ्चालन गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस सहकारीले म्याग्दीको मंगला र पर्वतको जलजला गाउँपालिकामा समेत सेवाकेन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । बेनीमा रहेको न्यु निलगिरी बचत तथा ऋण सहकारी र घतान बचत तथा ऋण सहकारी संस्था समेत मुक्तिनाथ सहकारीसंग एकिकृत भएर कारोवार सुरु गरेका छन् ।

Shreekrishna hardwear in news

सहकारीहरुबिच एकिकरण भएर एकिकृत कारोवार संगै सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । केन्द्रको उद्घाटन गर्दै जिसस प्रमुख केसीले ग्रामीण शहर उन्मुख बनेको मौवाफाँटमा सहकारीको सेवा केन्द्र विस्तार हुँदा स्थानीय स्तरमा वित्तिय पहूँच बढ्ने बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँले राज्यको तीनखम्बे अर्थनीति अनुसार, सहकारीले स्थानीय स्तरमा पुँजीको संकलन र ऋणको लगानी संगै राष्ट्रिय स्तरमै पुँजीको विकास गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्यमशिलता र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर रोजगार सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । सहकारीमा एक हजार २५० जना शेयर सदस्य र रु. आठ करोड पाँच लाख शेयर पुँजी रहेको छ ।

गत आर्थिक बर्ष २०७७÷०७८ मा रु. ४२ करोड ४५ लाख ६१ हजार बचत संकलन गरेको यस सहकारीले रु ४३ करोड २७ लाख ८४ हजार लगानी र ५३ करोड ५० लाख ५१ हजार कारोवार गरेको जनाएको छ ।

सहकारीका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक शेयर सदस्य दवी केसी र सल्लाहकार कोषानन्द आचार्यले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष डण्डपाणी सापकोटाको स्वागत र सञ्चालक समितिका सदस्य जयराम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...