नबिन पौडेलको अध्यक्षतामा वाइसीएलको बेनी नगर कमिटी गठन

Sinchai Khanipani notice

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको शनिबार बेनीमा सम्पन्न तेस्रो सम्मेलनले नविन पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा नवराज भण्डारी, सचिवमा विवेक केसी, कोषाध्यक्षमा सुस्मिता विक चयन भएको वाईसिएल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । कमिटिको सदस्यमा सन्दिप न्यूरे, मोहनकुमार रोकामगर, मनोज खत्री, रिजन खत्री, कृष्ण छन्त्याल, केदार शर्मा, सुजन केसी, आस्था ढुङ्गाना, सुस्मिता भण्डारी, हरिकृष्ण खत्री, टिकाराम खत्री लगायत रहनुभएको छ ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, गण्डकी प्रदेश कमिटि सदस्य एवम् प्रदेशसभा सदस्य बिनोद केसी, सचिवालय सदस्य रेशम जुग्जाली, बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसी लगायतका नेताहरुले नयाँ नेतृत्वलाई बधाई दिदै अविर र खादाले सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

नगर सम्मेलनलाई सम्वोधन गर्दै पौडेलले युवाहरुलाई संगठित गरेर पार्टीको नीत र गतिबिधीलाई जनस्तरसम्म लैजान तथा समाजमा रहेका बिकृति बिसंगति र बेथिती बिरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो ।
संगठन निर्माणसंगै पाटीको एजेण्डा, आन्दोलन, संघियता, समावेशीको बारेमा वडाको टोलटोलमा पुगेर जनतालाई बुझाउन जिल्लाका नेतृत्वहरु प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । संबिधानसभाका सदस्य समेत रहनुभएका पौडेलले देश माओवादीको एजेण्डामा चलेको बताउदै प्रतिगमनलाई परास्त गर्न वाईसिएलको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

Bhautik ministry notice about road


प्रदेश सदस्य केसीले पार्टी निकट भातृसंगठनले संगठन विस्तारसंगै पाटीको सिद्धान्त र ऐजण्डालाई कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । माओवादी जिल्ला सचिवालय सदस्य रेशम जुग्जाली (सुविन) ले संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

वाईसिएल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जिल्लाका सबै स्थानीय तहमा पुगेर वाईसिएलको संगठन निर्माण गरेर संगठनलाई बलियो बनाउने बताउनुभयो । उहाँले नगरको नयाँ नेतृत्वले वडा–वडामा संगठन निर्माणलाई जोड दिन आग्रह गर्नुभएको थियो । नेकपा माओावादी केन्द्र बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसी र अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका संयोजक रेशम केसीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

वाईसिएल बेनी नगर कमिटिका संयोजक विज्ञान केसीको अध्यक्षता, नगर इन्चार्ज किसान विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सह–संयोजक नारायण पौडेलले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...