धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन

Gandaki Ghumau

धाइरीङ । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ ।

बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा करिब डेढ सय जनाको उपस्थिति थियो ।

‘जनताको सुख दिखमा साथ दिने पार्टी माओवादी केन्द्रनै हो,’ आचार्यले भन्नुभयो ‘माओवादीको नेतृत्वमा धाइरीङमा अरुले सय वर्षमा गर्न नसकेको बिकास निर्माणको काम भएको छ ।’

Shreekrishna
Gunasthariya Shiksya

जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा दर्जी, जिल्ला सदस्य तथा वडा अध्यक्ष टुंगनाथ शर्मा लगायतले धाइरीङका पहिरो पिडितको स्थायी बसोबासका लागि एकिकृत बस्ती निर्माण गर्न प्रक्रिया अघि बढाएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...