म्याग्दीमा २९ हजारले कोभिड बिरुद्धको खोप लगाए

Sinchai Khanipani notice

साजन परियार
बेनी । म्याग्दीमा हालसम्म करिब २९ हजार जनालाई कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ ।

२८ हजार ९३७ जनालाई तीन प्रकारका कोरोना भाइरस बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले दश हजार १४८ जनालाई कोभिशिल्डको दुई वटै मात्र लगाइएको जानकारी दिनुभयो ।

१० हजार ८३४ जनालाई भेरोसिलको पहिलो र तीन हजार ९२० जनालाई जोनसन एण्ड जोनसनको खोप लगाइएको छ । दुई हजार ५७८ जनाले कोभिशिल्ड र एक हजार ५१९ जनाले भेरोसिलको दोस्रो मात्रा खोप लगाएका छन् ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकामा पठाइएको चार हजार ७०० डोज जोनसन एण्ड जोनसनको खोप लगाउनेको तथ्याङ्क प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

Bhautik ministry notice about road

दोस्रो मात्राको खोप लगाउन भेरोसिलको सात हजार ९०० डोज थप खोप आएको छ । बेनी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा साउन बिहिबारदेखि ३० गते सम्म भेरोसिलको दोस्रो मात्राको खोप लगाउन सुरु भएको छ । मंगला, मालिका र धवलागिरीमा भदौ ९, १० र ११ गते भेरोसिलको दोसो मात्राको खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि लक्षित समुदायमा परेर पनि छुटेका सात हजार ५४७ जनालाई आगामी भदौ १ र २ गते कोभिशिल्ड खोप लगाउने तयारी भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, सवारी चालक र अत्यावश्यक सेवा प्रवाहमा खटिएकाहरुलाई पहिलो चरणमा खोप लगाइएको थियो ।

जिल्लामा ५० वर्ष भन्दा माथिको उमेर समुहका नागरिकलाई खोप लगाउने काम अन्तिम चरणमा पुगेको छ । सरकारले अठार बर्ष माथिका नागरिकलाई कोभिड बिरुद्धको खोप लगाउन प्राथमिकताका साथ अभियान सञ्चालन गरेको छ । म्याग्दीमा तीन हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार २३ जनामा संक्रमण पुष्टि भएको छ ।

पिसिआर बिधिबाट गरिएको परिक्षणबाट एक हजार ९१७ जना र एन्टिजेन परिक्षणबाट एक हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लाभर हाल ११८ जना सक्रीय संक्रमित छन् । साउन तेस्रो सातादेखि म्याग्दीमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...