धौलागिरि खबर

बेनीमा ‘नेपाल मास्क अभियान’

Beni Sanjibani

बेनी । बेनीमा शुक्रबार साताब्यापी ‘नेपाल मास्क अभियान’ को समापन गरिएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दी, बेनी नगरपालिका, सुआहारा परियोजना, मिलन म्याग्दी लगायत संघ संस्थाको सहभागितामा कोरोना (भाइरस)बाट जोगिन मास्कको सही प्रयोग गर्न गर्दै आग्रह गर्दै गत शनिबारदेखि अभियान सञ्चालन भएको थियो ।

प्रजिअ गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल लगायतले बेनी बजारका विभिन्न सार्वजनिक ठाउँमा मास्क प्रयोग सम्बन्धी सन्देशमुलक स्टिकर टास्नुभएको थियो ।

Gose add
Chadani auto head

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागितामा ¥याली निकालिएको थियो । सार्वजनिक स्थलमा मास्क नलगाएकालाई मास्क बितरण र मास्क लगाउन आग्रह गरिएको थियो । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन मास्क लगाउन, दुरी कायम गर्न, अनावश्यक रुपमा घरबाहिर नकिस्किन आग्रह गरिएको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...