वारीबेनी र लामाखेतमा गाँजा फडानी

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाको वारीबेनी र लामाखेतमा शुक्रबार गाँजा फडानी गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मालढुङ्गा–बेनी सडक आसपासका क्षेत्रमा प्राकृतिक रुपमा सार्वजनिक स्थलमा उम्रिएका लागु पदार्थ गाँजाको कच्चा पदार्थ भाँगोको बोट नष्ट गरिएको हो ।

Bhautik ministry notice about road

वारीबेनी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक भरत गौतमको नेतृत्वमा प्रहरी र फट्केढुङ्गा युवा कल्बका अध्यक्ष सुनिल सेन ठकुरीको नेतृत्वमा स्थानीयबासीहरुले गाँजाका बोट फडानी गरेका थिए ।

Shreekrishna hardwear in news

करिब १५० गाँजाका बोट वारीबेनी स्थित कालीगण्डकी नदी किनारमा नष्ट गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...