म्याग्दीका २४ वडामा माओवादीको वडा कमिटि पुर्नःगठन

Sinchai Khanipani notice

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीका २४ वटा वडाको संगठन कमिटि पुर्नगठन गरेको छ ।

केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा इन्द्र थापा अध्यक्ष र नवराज सुनार सचिब रहेको २३ सदस्यीय, दानामा थमबहादुर बिक अध्यक्ष र संगिता बिक सचिब रहेको २१ सदस्यीय, नारच्याङमा नन्दबहादुर तिलिजा अध्यक्ष र केशरमान गर्बुजा सचिब रहेको वडा कमिटि गठन भएको छ ।

शिखमा उदितप्रसाद पाइजा अध्यक्ष र लोकबहादुर पाईजा सचिब रहेको २० सदस्यीय, घारमा टिकाबहादुर बरुवाल अध्यक्ष र श्यामप्रसाद खड्का सचिब रहेको १६ सदस्यीय, हिस्तानमा नन्दबहादुर पुन अध्यक्ष र कबिता क्षेत्री सचिब रहेको समिति ११ सदस्यीय वडा कमिटि गठन भएको छ । राम्चेको वडा कमिटिको अध्यषमा सैबहादुर गर्बुजा र सचिबमा बिना पाइजालाई चयन गरिएको छ ।

Shreekrishna hardwear in news

जिल्ला कमिटि सदस्य तथा गाउँपालिकाका इञ्चार्ज बुद्धीबहादुर पुन, नेता पूर्ण पाइजा लगायतको सक्रियतामा अन्नपूर्णमा वडा कमिटिका साथै जनवर्गीय संगठनको कार्यसमिति पुर्नगठन भएको हो ।

यसैगरी मालिका गाउँपालिकाको निस्कोटमा रेशम पुन अध्यक्ष र पुकार छन्त्याल सचिब रहेको १५ सदस्यीय, रुममा हर्कलाल दमाई अध्यक्ष र रुम डाडागाउँमा बलबहादुर रोका इञ्चार्ज, सरस्वती पुन अध्यक्ष र लालबहादुर घताने सचिब रहेको २६ सदस्यीय, ओखरबोटमा रेशमबहादुर पुन अध्यक्ष र दलबहादुर खड्काथोकी सचिब रहेको २४ सदस्यीय, देबिस्थानमा रकिन्द्र रानामगर अध्यक्ष र तुलनारायण पुन सचिब रहेको २२ सदस्यीय वडा कमिटि गठन भएको छ ।

दरबाङमा ओमकार पाइजा अध्यक्ष, खड्गबहादुर छन्त्याल सचिब रहनुभएको १८ सदस्यीय र बिममा धनकुमार पुर्जा इञ्चार्ज, बुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३८ सदस्यीय वडा कमिटि पुर्नगठन भएको हो । माओवादीका जिल्ला कमिटिको सचिवालय सदस्य तथा बिमका वडा अध्यक्ष रेशम जुग्जाली लगायतका नेताहरुको सक्रियतामा मालिकामा माओवादी केन्द्र र जनवर्गीय संगठन पुर्नगठन भएको छ ।

Bhautik ministry notice about road

यसैगरी मंगला गाउँपालिकाको ५ वटा वडामा पनि माओवादीको वडा कमिटि पुर्नगठन भएको छ । कुहुँमा पृथीलाल बिकको संयोजकत्वमा १५ सदस्यीय, बाबियाचौरमा कुलप्रसाद पुन अध्यक्ष र अर्जुन शाही सचिब रहेको १७ सदस्यीय, बरंजा ३ नम्बर वडामा मोहलाल शर्मा अध्यक्ष र खिमनाथ आचार्य सचिब रहनुभएको २५ सदस्यीय, ४ नम्बर वडा बरंजामा दलबिर पुन अध्यक्ष र उमेश बिक सचिब रहेको १७ वडा कमिटि गठन भएको छ । अर्मनको वडा कमिटिको अध्यक्षमा मनप्रसाद कडेल र सचिवमा किशोर बिक चयन हुनुभएको छ ।

मंगलामा प्रदेश कमिटिका सदस्य टेकबहादुर बिक, जिल्ला कमिटिको सचिवालय सदस्य देबराज सुबेदी, वाइसीयलका केन्द्रिय सदस्य पुनम खड्का लगायतको सक्रियतामा भेला भएको थियो । धवलागिरी गाउँपालिकाको गुर्जामा प्रेमबहादुर छन्त्याल अध्यक्ष र सिताकुमारी छन्त्याल सचिब रहनुभएको ३३ सदस्यीय लुलाङमा फुलबहादुर बिक अध्यक्ष र कृष्णबहादुर बिक सचिब रहेको २५ सदस्यीय वडा कमिटि गठन भएको जिल्ला कमिटि सदस्य समेत रहनुभएका गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।

मराङमा चक्रबहादुर पुन अध्यक्ष र लालबहादुर सुनार सचिब रहनुभएको २३ सदस्यीय, मल्कवांगमा थिरबहादुर छन्त्याल अध्यक्ष र बिशाल बिक सचिब रहेको वडा कमिटि बनाइएको माओवादी केन्द्रका नेता किरन थापाले जानकारी दिनुभयो ।

मराङ र मल्कवाङको भेलामा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, सचिवालय सदस्य रेशम जुग्जाली, नेता रिम थापा लगायतले सम्बोधन गर्नुभएको थियो । संबिधानसभाका सदस्य समेत रहनुभएका पौडेलले संबिधान, ब्यवस्था र राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सामाजिक र आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न देश माओवादीको एजेण्डामा चलेको बताउनुभयो ।

केपी ओलीका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताउदै माओवादी, अग्रगमन र परिवर्तनका पक्षधरहरुको ध्रुबिकरण सुरु भएको स्पष्ट पार्नुभयो । उहाँले संगठनलाई सुदृढीकरण गर्न, जनताको सुख दुखमामा साथ दिन, विकास निर्माणमा अगुवाई गर्न र आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र धवलागिरीको तीन वटा वडामा पनि छिट्टै वडा भेला सम्पन्न गर्ने तयारी भएको छ । माओवादीको म्याग्दीका अधिकांश वडा कमिटिको नेतृत्व युवाले लिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...