करिब एक हजार पाँच सय बिद्युत उपभोक्ता थपिए

Gandaki Pardesh notice

साजन परियार
बेनी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब एक हजार पाँच सय घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दीका एक हजार ४१८ घरधुरी सहित एक हजार ४७२ नयाँ ग्राहक थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप २५ किलोमिटर ११ केभी र ४००÷२०० भोल्टेजको ५५ किलोमिटर शाखा लाइन बिस्तार गरेर बिद्युत वितरण गरेको जानकारी दिनुभयो ।

मंगलाको अर्मन, मालिकाको ढुनोट, लुम्पीपार, पात्ले, धवलागिरीको हिलापोखरी, शिबाङ, मच्छिम, काफलडाडा, मुदी, खाम्ला, खारा, बाँसबोट, फलियागाउँ, मुना, दर रघुगंगाको रायखोर, मुलपानी, कालाबाङ लगायतका बस्तीमा नयाँ लाइन बिस्तार भएको हो ।

Shreekrishna hardwear in news

गत वर्ष केन्द्रलाई ग्रामिण बिद्युतीकरण शिर्षकमा रु. ५ करोड, संचालन सम्भार शिर्षकमा रु. तीन करोड ७३ लाख ८८ हजार र पुजिगत शिर्षकमा रु. ८१ लाख १५ हजार बजेट प्राप्त भएको थियो ।

Bhautik ministry notice about road

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ ।

यस वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत १९ हजार ७३४ बिद्युतका ग्रहाक छन् । गत वर्षसम्म १८ हजार २६२ उपभोक्ता थिए । जिल्लाभर २७ हजार ७६२ घरधुरी छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत बितरण हुदै आएको छ ।

सबैभन्दा बढी ग्राहस्थ ग्रहाकको संख्या १९ हजार १६ छ । २२४ गैह् ब्यापारिक, १२० ब्यापारिक, २८० आद्योगिक, ४ वटा खानेपानी, १३ वटा सिचाई, एक वटा सडक बत्ति, ६२ वटा मन्दिर, दुई वटा गैह ग्रहास्थ र ९ वटा सामुदायिक उपभोत्ता छन् ।

सदरमुकाम बेनी, पर्वत बेनी, बगरफाँट र डम्मरा क्षेत्रमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि करिब छ किलोमिटर देखि नयाँ बितरण लाइन बनाएको बिद्युत प्राधिकरणले सबस्टेशनको ब्रेकरको क्षमता बढाएको छ ।

म्याग्दीमा हाल दैनिक ३४ हजार ३९ युनिटको हाराहारीमा बिद्युत खपत हुने गरेको छ । गत वर्ष म्याग्दीमा बिद्युत उपभोग गरेवापत ग्राहकहरुबाट प्राधिकरणले रु. १० करोड ८२ लाख ६४ हजार ९९५ विद्युत महशुल संकलन गरेको छ । तोकिएको समयभित्र महशुल नबुझाउने ५३ जना ग्रहाकको लाइन काटेर रु. २३ लाख ९९ हजार ६८६ रुपैयाँ बक्यौता असुल भएको छ ।
छ महिना सम्म महशुल नबुझएका ८७ जनालाइ कालो सुचिमा राख्ने तयारी गरेको केन्द्रले जनाएको छ । अति बिपन्न बर्गका १९९ जनालाई बिद्युत जडान गर्न निशूल्क मिटरबक्स उपलब्ध गराएको छ । मंगलाघाटमा केन्द्रको कार्यालय भवन निर्माणाधिन अवस्थामा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...