जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा पुस्तकालय

Gandaki Kotihome

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा म्याग्देली युवा आवाजले पुस्तकालय स्थापना गरेको हो ।

हिरासतमा रहने व्यक्तिहरुलाई समय बिताउन सहज होस र सकारात्मक सोचको बिकास गराउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको म्याग्देली युवा आवाजका अभियन्ता छबी आचार्यले बताउनुभयो ।

‘स्वदेश तथा बिदेशमा रहेका म्याग्दीका युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा अभियान सञ्चालन गरेर पुस्तकालय बनाएका हौ,’ उहाँले भन्नुभयोे ‘अहिले ७० वटा पुस्तकबाट सुरु गरेका छौ । पुस्तकको संख्या थप्दै जान्छौ ।’

Shreekrishna hardwear in news
Notice about ban dadalo

हिरासतको बरण्डामा करिब तीन सय पुस्तक अटाउने काठको ¥याक राखिएको छ । हिरासतमा बस्नेहरुले त्यहाँ राखिने साहित्य, उपन्यास, इतिहाँस, जिबनी, कबिता, कथा, यात्रा स्मरण लगायत बिधाका पुस्तकहरु अध्ययन गर्न सक्नेछन् ।

यसअघि युवाहरुको सक्रियतामा गत वर्ष जिल्ला कारागार शाखामा पनि पुस्तकालय स्थापना भएको थियो । प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले कारागार र हिरासतमा स्थापना भएको पुस्तकालयले विभिन्न आरोपमा पक्राउ परेका ब्यक्तिहरुलाई सकारात्मक सोचको बिकास गराउन तथा फुर्सदको समय उपयोग गरि ज्ञान बढाउन सहयोग पुग्ने बताउनुभयो ।

पुस्तकालयको जिसस प्रमुख देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक राईले, सेनानी केशब सिलवाल, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङले उद्घाटन गर्नुभएको थियो ।

दिवसको अवसरमा प्रहरी कार्यालयले बेनीमा कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाउन आग्रह गर्दै सचेतनामुलक ¥याली गरेको थियो । जनप्रनिधी, सुरक्षा अधिकारी, कर्मचारी, सुरक्षाकर्मी, युवा संघ, संगठन र संस्थाका प्रतिनिधीहरु सहभागी ¥यालीमा सहभागीहरुले मास्क नलगाएकाहरुलाई मास्क बितरण गरेका थिए । ¥यालीपछि प्रहरी कार्यालय परिसरमा नेपाल र म्याग्दी जिल्लामा युवाको अवस्था, समस्या, सम्भावना र चुनौतिका बिषयमा अन्तरक्रिया गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...