बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी अस्पतालमा बुधबार देखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. तीस लाख बजेटबाट उपकरण खरिद र पूर्बाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।


प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्ष २०७७÷७८ मा धवलागिरी गाउँपालिका मार्फत बेनी अस्पतालको सेबा बिस्तारका लागि सो बजेट बिनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी गर्नका लागि अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

Shreekrishna hardwear in news


“सिमित पूर्बाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा बिस्तारलाई निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।” यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा रिफर गरिदै आएको थियो ।

इन्डोस्कोपी गर्दा शरिरमा पातलो नली राखेर शरिर भित्रका अंगलाई परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडी र अनय समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।

Bhautik ministry notice about road


भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँच देखि दश मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाको आधारमा चिकित्सकले उपचार प्रक्रिया अघी बढाउँछन् । बि.स. २०७२ मा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही बर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ ।

सघन उपचार कक्ष, डायलाइसीस, शैयामै पाइपबाट अक्सिजन आपुर्ति गर्ने सुबिधा सहितको अक्सीजन पलान्ट स्थापना, आँखा उपचार, आफ्नै फार्मेसी, शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा उपलब्ध गराउदै आएको छ । म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ।


५० शैया क्षमताको सुबिधासम्पन्न भवन निर्माणमा भएको ढिलाईले अस्पतालको सेवा प्रवाहमा कठिनाई भएको छ। सिमित पुर्बाधारका बावजुद पनि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सुबिधासम्पन्न शहरका अस्पतालले दिने सेवा पनि दिएका बताइन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...