राष्ट्रिय जन सांस्कृतिक महासंघको अध्यक्षमा अमित बिक

Gandaki Ghumau

बेनी । नेकपा एमाले निकट राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको बुधबार बेनीमा सम्पन्न भेलाले अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा देबी जिसी, सचिबमा राजकुमार परियार, सहसचिबमा शंकर पौडेल र कोषाध्यक्षमा बिजय परियार चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा किसान, हर्क खड्का, गोकुलदीप बिश्वकर्मा, बिकास बिश्वकर्मा (अनुरागी), बिकास फगामी, ज्ञानु राना मगर, सिता पुन, परमेश्वर कार्की, गौरी घताने लगाएत रहनु भएको छ ।

Gunasthariya Shiksya

भेलाले बेनी नगरपालीकामा कमल पौडेल, मंगला गाउँपालीकामा मिलन बिश्वकर्मा, मालिकामा एकेन क्षेत्री, धवलागिरीमा बिपना बुढा, रघुगंगामा निर्मला गबुर्जा र अन्नपुर्णमा गंगा पुन लाइ संयोजक चयन गरेको छ । त्यसैगरि महासंघ अन्तरगतको जननाट्य बिधामा सन्तोष परियार, जन संगीत बिद्यामा बलबहादुर परियार र जन साहित्य बिद्यामा दपर्ण रोकालाइ संयोजक चयन गरिएको छ ।

Shreekrishna

भेलामा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य नरदेबी पुन, राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सचिबालय सदस्य, गण्डकी प्रदेश संयोजक एब गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब मनकुमार श्रेष्ठ, एमाले म्याग्दीका सचिबालय सदस्य एबम् बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला लेखा परिक्षण कमिटि अध्यक्ष चन्द्रकुमार केसी, महासंघका केन्द्रीय सदस्य एबम् म्याग्दी जिल्ला संयोजक राजेन्द्र सापकोटाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । महासंघ म्याग्दीका पुर्व उपाध्यक्ष रबी कार्कीको अध्यक्षता, भुपेन बानीयाँको स्वागत र अमित बिश्वकर्माको संचालनमा भेला सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...