गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

Sinchai Khanipani notice

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ ।

पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक सामग्रीहरु उपलब्ध गराएको हो । सो सामग्री गलेश्वर स्थित शसस्त्र प्रहरीको आश्रित गुल्ममा भण्डारण गरेर राखिएको छ ।

जिल्ला बिपद् ब्यवस्थापन समितिको निर्णय अनुसार आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा सामग्री परिचालन गरिने भएको छ । सशस्त्र प्रहरीको गलेश्वर स्थित आश्रित गुल्मका प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङले तीन सय जनाको लागि पुग्ने सामग्रीहरु प्राप्त भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“सशस्त्रको क्यापमा सुरक्षित रुपमा सामान भण्डारण गरेर राखिएको छ,” उहाँले भन्नुभयो “आवश्यक परेको ठाउँमा पालिका मार्फत उपलब्ध गराउछौ ।” खोज, उद्धार, अस्थाई बसोबास, खानेपानी, स्वास्थ्य र सरसफाई सम्बन्धी सामग्रीहरु छन् ।

टेन्ट, फोल्डीङ बेड, बेड सेट, बिद्युत, लाइट, खानेपानी टंकी, फिल्टर, कोल्याब्टर वाटर टंकी, पानी शुद्धीकरण गर्ने ट्याब्लेट, चर्पी, शयनकक्ष, त्रिपाल, सोलार बक्ति, बाल्टी, मग, साबुन, ग्याँस सिलिण्डर, फोहोर ब्यवस्थापन गर्ने भाडो, पानी राख्ने बोत्तल, मास्क, पाइप, सिरानी, बेल्चा, धन, गैची, सरसफाई र उद्धार कार्यमा आवश्यक पर्ने सामग्रीहरु छन् ।

Bhautik ministry notice about road

पहिलो चरणमा बुधबार अन्नपूर्ण गाउँपालिकाको कोप्चेपानी र धस्केखोरका १५ घरपरिवार पहिरो पिडितका लागि गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, शसस्त्रका प्रहरी नायब उपरीक्षक गुरुङ र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङले अध्यक्ष पुनलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

“त्रिपालको टहरामा बसेका पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित बसोबासका लागि सामग्री उपयोगी हुनेछ,” अध्यक्ष पुनले भन्नुभयो “पहिरो पिडितको अस्थाई बसोबास ब्यवस्थापनमा यी सामग्री प्रयोग गर्छौ ।”

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बिपद् ब्यवस्थापन समितिको बैठकले अन्नपूर्ण गाउँपालिकाको माग अनुसार सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । सशस्त्र प्रहरीको गुल्ममा दुताबासले उपलब्ध गराएको सामग्री प्रयोग गरेर प्रर्दशनीका लागि टहरा, शौचालय, सयनकक्ष र खाट राखिएको थियो । सशस्त्र प्रहरीको टोली कोप्चेपानी र धस्केखोर पुगेर टहरा निर्माण र अन्य सामग्री प्रयोग गर्ने तरिका सिकाउने भएको छ ।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले विपद्का हिसाबले जोखिमयुक्त म्याग्दी जिल्लामा प्राप्त भएको सामग्रीले बिपद् ब्यवस्थापन, खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । “गत बर्खामा बढी प्रभावित जिल्लाहरुमा खोज, उद्धार र ब्यवस्थापनका लागि गैरखाद्यान्न राहत सामग्री आएकोे हो,” उहाँले भन्नुभयो “ बागलुङलाई समेत मध्यनजर गरेर म्याग्दीमा आएको सामग्रीको माग र उपयोगिता थप बढ्नेछ् ।” दुतावासले म्याग्दी, बागलुङ, लमजुङ, रसुवा, सिन्धुपाल्चोक लगायत बिपद्को जोखिममा रहेका जिल्लाहरुलाई सामग्री सहयोग गरेको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...