आगोलागी पिडित ब्यवसायीलाई उद्योग बाणिज्य संघको सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले बेनीको न्युरोडका आगोलागी पिडित ब्यवसायीलाई राहत सहयोग गरेको छ ।संघको ब्यवसायिक हितकोष, पदाधीकारी, सदस्य र ब्यवसायिहरुबाट संकलन भएको रु. दुई लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बिद्युत सर्ट भएर आगोलागी हुँदा न्युरोडको नयन स्टोर्स र रघुगंगा डेरी तथा जुस कर्नर जलेर ध्वस्त भएको थियो ।

Bhautik ministry notice about road


संघका साधारण सदस्य जगन्नाथ शर्मा र प्रमोद शर्मालाई ब्यवसायिक हित कोषबाट रु. ५० हजार उपलब्ध गराएको बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो । संघका पुर्ब अध्यक्षहरु, बर्तमान कार्यसमिति र आमन्त्रित सदस्य बाट उठाइएको रु. एक लाख पचास हजार र महिला उद्यमी कार्य समितिबाट संकलित रु. ३९ हजार ५५० दुई जनालाई बराबर हुने गरी रु. एक लाख १९ हजार ७७५ का दरले उपलब्ध गराइएको छ ।
संघका अध्यक्ष बेलबहादुर कटुवाल, निबर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्य र महिला उद्यम बिकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । ब्यवसायीलाई पुरानै लयमा फर्काउनका लागि अल्पकालिन सहयोग गरिएको र थप राहतका लागि विभिन्न पक्षसँग समन्वय, पहल गरिने संघले जनाएको छ ।
संघले आगलागीलाई नियन्त्रण गरी थप मानवीय र भौतिक क्षति हुनबाट जोगाउन खटिएका प्रहरी, सशस्त्र प्रहरी, सेना, बेनी र बाग्लुड. नगरपालिका, बजारबासीहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...