कपडा तथा फेन्सी व्यवसायी समितिको स्थापना दिवसको अवसरमा रक्तदान

Gandaki Kotihome

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बुधबार बेनीमा रक्तदान कार्यक्रम गरेको छ ।

बि.स. २०७४ मा स्थापना भएको समितिले चौथो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

Annapurna aarohan ko notice

संघका पदाधीकारी, सदस्य, ब्यवसायी र अन्य व्यक्तिहरु गरी २० जनाले रक्तदान गरेका समितिका उपाध्यक्ष तुलसीनाथ सुबेदी (रामप्रसाद)ले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा बिरामीको उपचारका लागि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Upper Myagdi transmition line notice

समितिका अध्यक्ष रबीप्रसाद शर्माको अध्यक्षता, म्याग्दी उद्योग बाणिज्य संघ तथा बेनी अस्पताल ब्यवस्थापन समितिका बेलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब दामोदर शर्माले गर्नुभएको थियो ।

समितिले कपडा ब्यवसायीको समस्या पहिचान, समाधानका साथै बिपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...