खयरभारानीका सेवक : जसले समाधीका लागि आफूले बिकास गर्न खोजेको ठाउँ रोजे

Gandaki Ghumau

बेनी । बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको बिकासमा श्रम, सिप र धन खर्चेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका राजु पुन र उहाँकी श्रीमती गिताले मृत्युपछि समाधिका लागि आफैले बिकास गर्न खोजेको ठाउँलाई रोज्नुभएको थियो ।

एक दशकदेखि धार्मिक पर्यटकीय सम्भावना बोकेको खयरभारानी र खोपाराको बिकासमा नेतृत्व गरिरहेका पुनले उपचारका क्रममा गत हप्ता काठमाडौमा दिवंगत भएकी श्रीमती गिताको शव मंगलबार हेलिकप्टरबाट लगेर इच्छाइएको ठाउँमा लगेर समाधी गराउनुभएको छ ।
“हामी दम्पत्तिले टुटुङ्गाको डाडामा समाधी गर्ने ठाउँ खोजेका थियौ, श्रीमति दिवंगत भएपछि उनको इच्छा अनुसार यही ल्याएर समाधि गरेको हो,” राजुले भन्नुभयो “मलाई पनि यही ल्याएर समाधि गर्न परिवार र आफन्तलाई भनेको छु ।”

२२ वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएका ६९ वर्षीय लेफ्टीनेन्ट राजु वि.स. २०६८ देखि भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयर भारानी क्षेत्रको पूर्वाधार बिकास, प्रचार र तिर्थालुको सेवामा सर्मपित अगुवा हुनुहुन्छ ।

Shreekrishna

विश्वकै बिकसित र सुबिधासम्पन्न देश बेलायतको सरकारबाट पाएको आवासीय सुबिधा छोडेर दुर्गम ठाउँको बिकासमा लागेका राजुलाई सघाउन नेपालमै रहेकी गिताको गत हप्ता काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बेलायतमा रहेका छोरीहरु सोमबार नेपाल आएपछि गिताको शवलाई समाधिका लागि एयर अल्टिच्युटको हेलिकप्टर चार्टर गरेर ल्याइएको हो ।

समाधि गर्ने ठाउँभन्दा एक घण्टा पैदल हिडेपछि पुगिने दहमा अवतरण गरेको गिताको शव बोकेको हेलिकप्टर मौसम खराबीका कारण मंगलबार काठमाडौ फर्कन सकेन् । मौसमकै कारण अन्नपूर्ण गाउँपालिकाको घारमा अवतरण गरेको उनीहरुका चार बहिनी छोरीहरु चढेको हेलिकप्टर त्यहीबाट काठमाडौ फर्किएको थियो ।

Gunasthariya Shiksya

समाधिका लागि पाउद्धारका बासिन्दा, दाजुभाई र आफन्त सोमबारनै खोपारामा गएर बास बसेका थिए । पाउद्धार देखि खोपारा पुग्न पुरै दिन उकालोमा पैदलयात्रा गर्नुपर्छ । राजु पुनका दम्पत्तिले समाधिका लागि पनि खयर क्षेत्र रोज्नुलाई उहाँहरुको यस क्षेत्रको बिकास प्रतिको लगाबलाई पुष्टि गरेको छ ।

“सुख सुबिधा बिर्सीएर यस्तो दुर्गम ठाउँलाई बिकास गराउन उहाँले धेरै योगदान गर्नुभएको छ,” स्थानीयबासीहरु भन्छन “मत्यु पछि पनि यही ठाउँ रोजेर उहाँले देखाएको लगाब र सर्मपण सम्मान योग्य, उदाहरणीय र प्रेरणादायी छ ।”

राजुको नेतृत्वमा ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’ मार्फत दाताबाट करोडौ सहयोग जुटाएर पदमार्ग निर्माण÷सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण भएको छ । म्याग्दीकै पर्यटकीय स्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्यु टावर बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण भएका पूर्बाधारले पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।

स्थानीयबासीले आफन्तको नाममा पाउद्धार देखि खोपारा हुदै चार हजार ७०० मिटर उचाईमा रहेको खयर भारानी ताल जाने दश किलोमिटर भन्दा बढी दुरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा बिदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा रु. डेढ करोडको हाराहारीमा लगानी गरेको छ ।

समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा मुटु आकारमा रहेको खयरभारानी तालमा जनै पुर्णीमाको दिन पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा हिमशृङखला, सुर्याेदय, ग्रामिण जिवनशैली झल्काउने भेडा, चौरी गोठ, जैबिक बिबिधता र प्राकृतिक सौन्दर्यले भरिपुर्ण गन्तब्य हो ।

पदमार्ग निर्माण भएपछि पर्यटक, पाहुना र भक्तजनहरु उकालो, चिप्लो, साँघुरो बाटोमा चिप्लने, लड्ने, र बाटो बिराएर हराउने समस्या हटेको छ । आश्रयस्थल भएपछि खान र बस्नका लागि सहजतासँगै सुरक्षित भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...