आगलागी पिडित ब्यवसायीलाई अधिकृत बिक्रेता संघको सहयोग

Gandaki Pardesh notice

बेनी । बेनीका दुई जना आगोलागी पिडित ब्यवसायीहरुलाई मंगलबार धौलागिरी अधिकृत बिक्रेता संघले राहत सहयोग गरेको छ ।

मंगलबार बिहान बिद्युत सर्ट भएर आगोलागी हुँदा पसल जलेका न्युरोडका ब्यवसायी जगन्नाथ शर्मा र प्रमोद शर्मालाई संघले रु. ६५ हजार राहत सहयोग गरेको हो ।

Bhautik ministry notice about road

संघका कार्यसमिति सदस्य नयन स्टोर्सका सञ्चालक जगन्नाथ शर्मालाई रु. पचास हजार र रघुगगा डेरी तथा जुस कर्नरका सञ्चालक प्रमोद शर्मालाई रु. १५ हजार सहयोग गरेको संघले जनाएको छ ।

Shreekrishna hardwear in news

संघका अध्यक्ष बद्री ढुंगाना, महासचिब हेमन्त बानिया र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत पदाधीकारीहरुले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । आगोलागीबाट दुई वटा पसल ध्वस्त भएर पुर्ण क्षति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...