सह–सचिव शर्मालाई महासंघको राहत सहयोग

Shreekrishna hardware

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो ।

शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी र सोही घरमा जगन्नाथ शर्माले सञ्चालन गर्नुभएको नयन स्टोर्स मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागिबाट पुर्ण क्षति भएपछि तत्काल व्यवस्थापनको लागि महासंघले राहत सहयोग रकम जुटाएको हो । पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको पत्रकार आपतकालिन कोषबाट दश हजार, शाखाका पदाधीकारी, साधारण सदस्य तथा अन्य दाताहरुबाट संकलित ६५ हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरिएको शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

Shreekrishna
Ban devision notice

विपदको समयमा तत्काल व्यवस्थापनको लागि उक्त रकम सहयोग गरिएको उहाँँले बताउनुभयो । यस्तै अध्यक्ष पौडेलले विपदको समयमा सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।

‘पत्रकारीता क्षेत्रमा क्रियाशिल सह–सचिव शर्माद्धारा संचालित डेरी आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको अप्रत्यासित घटनाले दुखित बनाएको छ । विपदको समयमा तत्काल व्यवस्थापनका लागि राहत सहयोग गरिएको छ ,’अध्यक्ष पौडेलले भन्नुभयो ।

विद्युत सर्ट भइ आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा महासंघले विपदमा परेका आफ्ना सदस्यहरुलाई पत्रकार आपतकालिन कोष स्थापना गरी सहयोग गर्दै आएको छ । शर्मा बेनीबाट प्रकाशित हुने रुप्से दैनिकका सम्पादक हुनुहुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...