जलजलाको बगरबाट अबैध रुपमा उत्खनन् भएको नदीजन्य बस्तु जफत र लिलाम गरिने

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता बिनै सर्बोच्च अदालतको अन्तरिम आदेश बिपरित कालीगण्डकी नदीको बगरबाट अबैध रुपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको छ ।

लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बर्खा याममा कालीगण्डकी नदीको बगरबाट उत्खनन् भएको बालुवा प्राबिधिक टोलीबाट नापजाँच र मूल्याङ्कन गरी प्रतिस्पर्धाबाट बढीबढाउमा लिलामी गर्ने निर्णय गरेको हो ।

यसअघि गत असार ५ गतेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय कार्यान्वयनका क्रममा सर्वोच्च अदालतले फैसला नहुँदा सम्मका लागि कालीगण्डकीको बगर उत्खनन् रोक्न तिनै तहका सरकार र तिनका निकायलाई अन्तिरिम आदेश जारी भएपछि रोकिएको थियो ।

Shreekrishna hardwear in news
जलजला गाउँपालिकाको कार्यपालिका बैठक । तस्बिर धौलागिरी खबर

संघीय, प्रदेश सरकार र गाउँपालिकाको निर्णय अटेर गरेर ब्यवसायीहरुले नदी उत्खनन् गरेर भण्डारण गरेको बालुवा लगायत नदीजन्य बस्तु जफत गरि सार्वजनिक खरिद ऐन अनुसार लिलाम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

Bhautik ministry notice about road

“यसअघि पटक पटक बन्द गराएपनि अटेरी गरेर मिलनचोकमा सञ्चालन गरेको अबैध क्रसर बन्द गराउन, उत्खनन् रोक्न र त्यहाँका सामग्री जफत गर्न प्रहरी प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो “बिद्युतको लाइन काट्न पनि पत्राचार गर्छौ ।”

जलजलाको लामाखेत, मिलनचोक, केराबारी, लस्ति, फर्से लगायतका ठाउँमा एक्साभेटरको प्रयोग गरी कालीगण्डकीबाट ठूलो परिणाममा बालुवा निकालेका छन् । बर्खा यामको तीन महिनामा बगेर खेर जाने बालुवालाई आयस्रोतमा रुपान्तरण गर्ने, चोरी निकासी रोक्ने उद्देश्यले न्युनतम तीन करोड रुपैयाँ बराबरको नदीजन्य बस्तु उत्खनन् र निकासी गर्न गाउँपालिकाले अघि बढाएको ठेक्का प्रक्रिया सर्वोच्चको अन्तरिम आदेशपछि रोकिएको थियो ।

कार्यपालिका बैठकले जलजलाको हालका ५, ६, ७ र ८ नम्बर वडालाई दुई÷दुई वटामा बिभाजन गर्ने र नगरपालिकामा स्तरोन्नति गर्नेे गाउँसभाको निर्णय कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने, गाउँपालिकाका सबै कर्मचारीहरुलाई दिवाकालिन खाजाको ब्यवस्था गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाका प्रवत्ता देबिन्द्र भण्डारी (रबी)ले लामाखेतमा इलाका प्रहरी कार्यालय, बनौ र मल्लाजमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयमा माग गर्ने, वडा नम्बर ८ नाग्लीबाङका वडा अध्यक्ष हरिबिकास जिसीको नेतृत्वमा नाग्लीवाङ स्वास्थ्य चौकी अन्तरगत सञ्चालन हुने गरी समुदाय स्तरबाट संकलित रकम सहित तथा लेकफाँट र शालीजाका लागि गाउँपालिका मार्फत खरिद हुन लागेका दुई वटा एम्बुलेन्सको भन्सार छुटको ब्यवस्था मिलाउन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको बताउनुभयो ।

यसैगरी फर्से र डाडाखोरको स्वास्थ्य इकाईमा स्थायी दरबन्दि सिर्जना गराउन, लुप्राङ, पूर्णगाउँको ओरखरबोट, वारीबेनी र मिलनचोकमा थप स्वास्थ्य इकाई स्थापनाका लागि दरबन्दिको ब्यवस्था मिलाउन प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

धाइरीङको किराखोरका पहिरो पिडितलाई भुरुङजा र डडुवाको चौरमा स्थानान्तरण गर्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने र अन्य ठाउँका पहिरो पिडितहरुलाई सामुदायिक भवन तथा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बसोबासको ब्यवस्था मिलाउने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...