बेनीमा आगोलागी हुँदा दुई पसल जलेर नष्ट

Gandaki Pardesh notice

बेनी । बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ ।

बेनी नगरपालिका–८ न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन÷नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । बिहान करिब २.३० बजे सुरु भएको आगोलागी ४.३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

आगोलागी नियन्त्रणमा लिन बेनी र बागलुङ नगरपालिकाको दुई वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बजारबासी परिचालन भएका थिए । प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आगोलागीबाट दुई वटा पसल, त्यहाँ राखिएको सामान र चार वटा कोठा पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

ग्यासको सिलिण्डर पनि भएको किराना र डेरी पसलमा बिद्युत सर्ट भएर आगोलागी भएको अनुमान गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । प्रहरीका अनुसार पसल सञ्चालकहरुले अन्दाजी रु. ८० देखि ९० लाख बराबरको क्षति भएको बताएका छन् ।

आगोलागीको कारणको अनुसन्धान र क्षतिको पूर्ण बिबरण संकलन उज्यालो भएपछि सुरु गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । आगोलागी भएको पसल सञ्चालन भएको घर जस्ताले छाएको टहरामा ब्लकले बारेको र भुई ढलान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...