दिवंगत श्रीमतिको स्मृतिमा बिद्यालयमा रु. दश लाखको अक्षयकोष

Gandaki Pardesh notice

बेनी । म्याग्दीका एक जना प्रवासीले दिवंगत श्रीमतिको स्मृतिमा आफ्नो जन्मथलोमा रहेको बिद्यालयमा रु. दश लाखको अक्षषकोष स्थापना गर्नुभएको छ ।

मालिका गाउँपालिका–६ रातोढुङ्गामा जन्मिएर हाल नदरल्याण्ड्स निवासी भरत भट्टचनले श्रीमति लक्ष्मीको स्मृतिमा मंगला गाउँपालिका–५ छिस्बाङको सारदा प्रस्ताबिक माबिमा रु. दश लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । कोषको नाम लक्ष्मी स्मृति कोष राखिएको छ ।

भट्टचनले पठाउनुभएको रकम उहाँका आफन्तले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रअ खगिन्द्र सापकोटालाई सोमबार हस्तान्तरण गर्नुभएको थियो । बिद्यालयलाई स्तरोन्निति गर्न सञ्चालित अभियानमा हालसम्म रु. ४४ लाख ४४ हजार ५६५.६० संकलन भएको छ ।

Shreekrishna hardwear in news

स्वदेश तथा बिदेशमा रहेका सेवा क्षेत्रका बासिन्दाहरुको पहलमा सो सहयोग प्राप्त भएको हो । नयाँ शैक्षिक सत्र २०७८ देखि मा.बीको पठनपाठन सुरु गराउन निजी स्रोत र तल्लो तहमा दरबन्दि भएर माथिल्लो तहमा पठाउने शिक्षकको तलबभत्ताका लागि रु. एक करोड करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित अभियान सञ्चालन भएको छ ।

छिस्वाङका कृष्णबहादुर मल्लको संयोजकत्वमा समिति बनाएर आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । रोजगारी, पेशा ब्यवसाय र अध्ययनको शिलशिलामा प्रवासमा रहेका पुर्ब बिद्यार्थी, अभिभावकहरुको पहलमा सहयोग जुटाएका हुन् ।

छिस्वाङमा माबी तहको पठनपाठन सञ्चालन भएपछि मंगलाको पिपलबोट, सिर्कुम, पाखु, टिकावाङ, मालिका गाउँपालिकाको खोप्टि र दुखुबेशीका बालबालिकाहरुलाई सुबिधा पुग्ने ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्रीले बताउनुभयो ।

Bhautik ministry notice about road

यहाँका बिद्यार्थीहरु यसअघि कक्षा ८ उतिर्ण भएपछि अर्मन, बाबियाचौर र दरवाङ जाने गर्दथे । घरबाट बिद्यालय पुग्न डेढ घण्टासम्म पैदल हिड्नु पर्ने समस्या थियो । गाउँ र नजिकै मावि तहको पढाई हुने बिद्यालय खुलेपछि भौगोलिक बिकटता, पारिवारिक र आर्थिक कारणले कक्षा ८ पछी पढाइ छोड्नुपर्ने बिपन्न बिद्यार्थीको बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

८ कक्षा उतिर्ण गरेपछि पढ्नका लागि घर छाडेर छात्रावास, डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या हट्नेछ । बि.स. २०१५ मा स्थापना भएको सारदा आधारभूतको ६ देखि ८ सम्म पनि निजी स्रोतबाट सञ्चालन हुदै आएको थियो । २०१ जना बिद्यार्थी छन् ।

प्रा.बी तहका चार जना शिक्षकको दरबन्दि भएको सो बिद्यालयमा गाउँपालिकाले हालै दरबन्दि मिलान गरेर थप एक जना शिक्षक पठाएको छ । गाउँपालिकाले एक जना शिक्षकको तलबका लागि बजेट ब्यवस्था गरेको छ । निजी स्रोतका तीन जना शिक्षकको तलबभत्तामा हाल मासिक रु. ४१ हजार खर्च हुन्छ ।

आरुबोट सामुदायिक बन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बेचेर गर्न सहयोग र केबुल टिभी सञ्चालन गरेर शिक्षकलाई तलब दिने गरिएको छ । ७२ घरधुरी केबुल टिभी प्रयोगकर्ताबाट मासिक रु. दुई सयका दरले बिद्यालयलाई सहयोग प्राप्त हुन्छ । मावि तहमा थप तीन जना शिक्षक राख्दा सरकारले तोकेको तलक दिदाँ प्रति शिक्षक मासिक रु. ३७ हजार ९९० रुपैयाँ आवश्यक पर्छ ।

दुई जना नयाँ शिक्षक थप गर्ने र एक जना तल्लो तहको दरबन्दि भएकाले मावि तहमा पढाउने योजना बनाइएको छ । तह थप र स्तरोन्नितिका लागि पुर्बाधार निर्माणको काम पनि भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत हालै चार कोठे दुई तल पक्कि भवन निर्माण भएको छ ।

यसअघि दुई÷दुई कोठे दुई वटा ट्रस भवन निर्माण भएको थियो । पुननिर्माण प्राधिकरणको सहयोगमा शौचालय निर्माण भइरहेको छ । घेराबार गरेर बिद्यालय परिसरलाई ब्यवस्थित बनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...