स्व. रोकाको स्मृतिमा माओवादीको शोकसभा

Gandaki Kotihome

बेनी । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ ।

शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले उहाँको मृत्युले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडा अध्यक्ष तथा पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य पदम पुन, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश कमिटि अध्यक्ष सोमनाथ ढुङ्गाना, वडा सदस्य मनबहादुर थजाली, परिवारको तर्फबाट भाई सोमबहादुर रोका, माओवादीका गाउँपालिका कमिटिका सचिव याम रोका, स्थानीय नेता मोहनलाल सापकोटा लगायतले स्वर्गीय रोकाको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

माओवादी केन्द्रका गाउँपालिका कमिटि सचिवालय सदस्य दलबहादुर पुनको अध्यक्षता, वडा कमिटिका सचिव उमेश विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा वाइसीएलका केन्द्रिय सदस्य नगेन्द्र केसी, युवा नेता मोतीलाल पौडेल लगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले रोकाको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।

Notice about ban dadalo

४२ वर्षीया रोकाको साउन २३ गते निधन भएको थियो । उहा दश वर्षे जनयुद्धमा सहभागी हुनुभएका रोका माओवादी सम्बद्ध कलाकार संगठन शिखर सांस्कृतिक परिवारको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य समेत रहेका रोकाले जनयुद्धकालमा जनवादी गित रचना र गाउनुभएको थियो ।

बि.स. २०७४ मा भएको स्थानीय तह निर्बाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्बार बनेर वडा अध्यक्षमा निर्बाचित हुनुभएको थियो । रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी पर्नुभएको थियो ।

मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गरेर केही समय अघि उहाँ घर फर्कनुभएको थियो । रोकाको घरमा बुवा, आमा, श्रीमति, एक छोरा र भाई छन् । जेठा छोराको गत वर्ष निधन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...