उज्यालो बैकल्पिक बिद्यालयबाट नौ जना प्रौद्धहरुले एसईई उतिर्ण गरे

Gandaki Pardesh notice

साजन परियार

बेनी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका नौ जना प्रौद्धहरुले २०७७ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका छन् ।

शनिबार प्रकाशित नतिजा अनुसार एसईईमा उतिर्ण भएका आमाहरुलाई आइतबार बिद्यालयले बेनीमा सम्मान गरेको छ ।

Shreekrishna hardwear in news

६० वर्षीय भुलमाया तिलिजाले २.४५,४८ वर्षकी भुलकुमारी रोकाले २.६०, ३६ वर्षकी तिर्सना भण्डारीले २.६०, २४ वर्षकी ललिता तिलिजा २.४५, २८ वर्षीय पुष्पा शाही २.४० र ३० वर्षकी रेणु विकले २.४० अंक ल्याएर एसईई उत्तिर्ण हुनुभएको छ ।

यसैगरी २५ वर्षीय सलिना किसानले २.५० जि.पि.ए, ५५ वर्षीय लालकुमारी सापकोटाले २.५५ जि.पि.ए प्राप्त गर्नुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री नरदेवी पुनले आमाहरुलाई आगमी दिनमा पढाईलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

Bhautik ministry notice about road

प्राविधिक शिक्षा आर्जन गरेर समाजमा रोजगारी सिर्जना गर्न आमाहरुलाई उहाँले सुझाव दिनुभयो । हरेक क्षेत्रमा पढाईको ठूलो महत्व भएकाले आगमी दिनमा पनि पढाईलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नुभयो ।

बाल्यकालमा पढ्ने अवसर मिलेन बुढेसकालमा भएपनि एसईई पास गर्दा खुसी लागेको ६० वर्षीय भुलमाया तिलिजाले बताउनुभयो । ‘गाउँघरमा दाउरा घाँस गर्दै जिवन वित्यो । पढ्ने रहर भएपनि त्यसबेला पढ्न पाइँन,’ उहाँले भन्नुभयो ‘अहिले एसईई पास हुँदा खुसी लागेको छ ।’

स्थापना देखि समस्या र चुनौती भोग्दै विद्यालय एसईई सम्म आइपुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो । विभिन्न कारणले विचैमा पढाई छाडेर बसेका आमाहरुलाई शिक्षाको अवसर दिलाउन उज्यालो वैकल्पिक विद्यालय सफल भएको उहाँले बताउनुभयो ।

पाँच वर्षदेखि सञ्चालित उज्यालो बैकल्पिकबाट एसईई दिने यो पहिलो समुह हो । औपचारिक शिक्षाबाट वञ्चित आमाहरुलाई शिक्षाको मूलधारमा ल्याउन विद्यालय सञ्चालन गरिएको हो । विद्यालयमा अहिले १० कक्षासम्मको पढाइ हुन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने गतिलो अवसर विद्यालयले दिएको छ 

विद्यालयमा २५ देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत रहेको विद्यालय सहजकर्ता रिता गर्बुजाले बताउनुभयो । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ । यसका साथै बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक व्यवस्थापन गरेका छन् । सात जना शिक्षक, शिक्षिकाले पढाउछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...