बेनीमा “नेपाल मास्क अभियान”

Gandaki Pardesh notice

साजन परियार
बेनी । कोरोना (भाइरस)को संक्रमण न्युनीकरणका लागि बेनीमा “नेपाल मास्क अभियान” सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्कको प्रयोग गराउन नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले बिभिन्न संघ संस्थाको संयुक्त आयोजनामा सन्देशमुलक कार्यक्रम भएको हो ।

शनिबार देखि सुरु भएको साताब्यापी कार्यक्रम अन्तरगत बेनी बजारमा ¥याली, मास्क बितरण र घरदैलो गरिएको थियो । मास्क नलगाएकालाई सुरक्षित रुपमा मास्क लगाउन र फेरी फैलिन थालेको कोरोना भाइरसको संक्रमणबाट बच्न अनुरोध गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली सहितको कार्यक्रम न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, कालीपुल, गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो । सो अभियानका क्रममा ५०० वटा मास्क बितरण गरिएको आयोजकले जनाएका छन् ।

केही दिनयता म्याग्दीमा पनि कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेको छ । अभियानमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राई, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत सुरक्षाकर्मी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

अभियानका क्रममा साबुनपानीले नियमित हात धुने, भिडभाड नगर्ने, स्यानीटाइजर प्रयोग गर्न, भौतिक दुरि कायम गर्न लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिएको थियो । बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ, लायन्स क्लब, ओमकुमारी शान्ति कोष, शसस्त्र प्रहरी बल लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...