![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा आइतबार करेन्ट लागेर एक जना घाइते भएका छन् ।
बिद्युतको पोलमा चढेर काम गर्ने क्रममा उदरपुरको भिमसेन गाउँपालिका–४ बलम्टार घर भई हाल आचार्य निर्माण सेवामा काम गर्ने मजदुर दुर्गा बहादुर मगर घाइते हुनुभएको हो । चिमखोलामा नेपाल बिद्युत प्राधिकरण मार्फत बिद्युतिकरण आयोजना सञ्चालन भइरहेको छ ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
बिहान ८ बजेतिर घाइते भएको २६ वर्षिय मगरलाई दिउँसो १२.१० मा बेनी अस्प्तालमा ल्याइएको थियो । बेनी अस्पतालले रिफर गरेपछि थप एयर डाइनेष्टिको हेलिकप्टर मार्फत दिउँसो ३.१५ मा काठमाडौको किर्तीपुर बोन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/08/carent-lagara-ghaite-1.jpg)
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)