जिसी क्रसर उद्योगको आकस्मिक अनुगमन गर्दा यस्तो भेटियो

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा आइतबार नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमन गरेको छ ।

ठेक्का सम्झौता बिनै क्रसर परिसरको म्याग्दी नदीको बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् (चोरी) गरेर अबैध निकासी गरेको गुनासोको आधारमा अनुगमन गरेका हुन् ।

Shreekrishna hardwear in news

जिसस प्रमुख देबेन्द्र केसी, प्रजिअ गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राई लगायत सुरक्षा अधिकारीहरु, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी,राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङ र पत्रकार घनश्याम खड्काको टोली क्रसर उद्योगको अनुगमनमा गएको थियो ।

क्रसर परिसरमा थुपारिएको बालुवाको निरिक्षण गरेको टोलीले ग १ त ७११८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ । कागजात सहित ट्याक्टर धनीलाई प्रहरी कार्यालयमा हाँजिर हुन निर्देशन दिएको छ । प्रजिअ अधिकारीले थुपारिएको बालुवाको बारेमा थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन प्रहरीलाई जिम्मेवारी दिएको बताउनुभयो ।

“हालसालै बालुवा निकालेको हो वा होइन भन्ने अध्ययन गरेर भोलीसम्म प्रतिवेदन दिन प्रहरीलाई निर्देशन दिएका छौ,” उहाँले भन्नुभयो “प्रहरीको प्रतिवेदन सोमबार बस्ने अनुगमन समितिको बैठकमा छलफल गरि ठेक्का बिनै निकालेर थुपारेको रहेछ भने जफत, मुल्याङ्कन गरि लिलाम गर्न नगरपालिकालाई सिफारिस गर्छौ ।”

दुई हप्ताअघि बेनी नगरपालिकाको १ नम्बर वडामा पर्ने आनन्दबगर, सारेमारे र ढाडेनी खोला स्थित कालीगण्डकी नदी बगरबाट ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित उत्खनन गरिएको बालुवा जफत गरि लिलामी, उत्खनन्मा प्रयोग भएका तीन वटा एक्साभेटर र एक वटा ट्याक्टरलाई जरिवाना तिराउन नगरपालिकालाई सिफारिस गरेको थियो ।

Bhautik ministry notice about road


नगरपालिकाले साउन २५ गतेसम्मको म्याद राखेर तीन ठाउँमा उत्खनन् गरिएको बालुवालाई करिब १८ लाख रुपैयाँ न्युनतम मूल्य कायम गरि लिलाम गर्न सुचना निकालेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदीले प्रहरीको प्रतिवेदन र अुनगमन समितिको सिफारिसको आधारमा नगरपालिकाले निर्णय लिने बताउनुभयो ।

अनुगमन समितिले चाबी समातेको घनश्याम परियारको ट्याक्टर क्रसरमा गिट्टी लिन गएको थियो । जिसी क्रसर उद्योगका सञ्चालक नारायण जिसीले सिडियो र डिसएपीले पुर्बाग्रही हिसाबले रिसीइबी साध्न दुख दिने नियतले अनुगमनको बाहनामा उद्योगमा गएको र ब्यवसायीहरुमाथी ज्यादती गरेको प्रतिक्रिया दिनुभयो ।

“मैले बर्खा अघिनै नगरपालिकाले ठेक्का लगाएको ठाउँबाट कर तिरेर निकालेर बालुवा राखेको छु । अहिले निकालेको छैन् । क्रसरमा अनलोड गर्ने एउटा ब्याकुहोलोडर मात्रै छ । त्यहाँ भएका दुई वटा डोजर बिग्रिएका छन्,” उहाँले भन्नुभयो “प्रजिअले कार्यालय परिसरमा नौ लाख बजेट आएको निर्माणको काम सित्तैमा गराउन प्रस्ताव गर्नुभएको थियो । हामी निर्माण ब्यवसायीहरुले नमानेपछि असारको अन्तिममा हतार हतारमा कोटेशनमा काम गराउनुपरेको रिस पोख्न खोज्नुभएको हो । प्रहरीले पनि हामी ब्यवसायीहरुप्रति राखेको अपेक्षा पुरा नगरीदिएपछि ठेक्का लगाएको ठाउँमा मनोज कार्कीले मजदुर लगाएर निकालेको बालुवा ढुवानी गर्न गएको ट्याक्टर समातेर दुख दिएका थिए ।”

सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य बस्तु उत्खनन्मा रोक लगाएको छ । नगरपालिकाले पनि असार १ गते सुचना जारी गरेर नगर क्षेत्रमा बगर उत्खनन् गर्न रोक लगाएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको बगरबाट उपकरण प्रयोग गरेर उत्खनन् गर्ने कार्य बन्द गराउन आदेश दिएको थियो ।

स्थानीय तहसँग ठेक्का सम्झौता बिना नदीजन्य बस्तुको उत्खनन् र निकासी गर्न पाइदैन् । पालिकासँगै मजदुर लगाएर नदीजन्य बस्तु उत्खनन् गर्ने सम्झौता गरेका ब्यवसायीहरुले डोजर लगाएर निकाल्ने गरेको भेटिन्छ । अनुगमनमा सहभागीका अनुसार जिसी क्रसर उद्योग परिसरमा थुपारिएको बालुवा एक, दुई दिन अघि खोलाबाट निकालेको जस्तो देखिन्छ ।

खोला र बगरमा डोजर नभेटिएकाले थुपारिएको बालुवा कहिले निकालेको हो भन्ने बिषयमा अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिइएको हो ।

प्रजिअ, प्रनाउ र जिसस प्रमुखलाई जिसी क्रसर उद्योग परिसरबाट साँझ र बिहानको समयमा डोजरले बालुवा निकालिरहेको दृष्य सहित उजुरी गरेपछि बाध्य भएर अनुगमनमा गएको बताइन्छ । रत्नेचौरको कालीगण्डकी बगरबाट बालुवा निकालेकाहरुले दृष्य र तस्बिर सहित जिसी क्रसर उद्योगको अनुगमन गर्न अनुगमन समितिका पदाधीकारीहरुलाई भेटेरै दवाव दिएका बुझिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...