आवधिक योजना बनाउदै अन्नपूर्ण गाउँपालिका

Shreekrishna hardware

पोखरेबगर । पहिलो कार्यकालको चार वर्ष बिताइसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना बनाउन लागेको छ ।

बि.स. २०७४ को स्थानीय तह निर्वाचनपछि चुनिएका जनप्रतिनिधीहरुको कार्यकाल सकिन करिब आठ महिना बाँकी रहेको अवस्थामा प्रथम आवधिक योजना बनाउन छलफल सुरु गरेका हुन् ।

आवधिक योजना निर्माणका लागि सम्झौता गरेको सभिल लिंक÷श्रेष्ठ÷जो स्पासल जेभीले आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आवधिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठिको आयोजना गरेको छ ।

Shreekrishna

तीन दिनसम्म सञ्चालन हुने गोष्ठिमा गाउँपालिकाका पदाधीकारी, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख र सरोकारवाला संस्थाका प्रतिनिधीहरुको सहभागिता छ । आवधिक योजनालाई स्थानीय तहको समग्र बिकासको मार्गचित्र मानिन्छ ।

स्पष्ट लक्ष्य र ठोस योजनाको अभावमा अलमलमा उपलब्धि नदेखिने टुत्रे कार्यक्रममा बजेट खर्चिएको महशुस गरेका जनप्रतिनिधी र कर्मचारीहरु अन्तिम समयमा आवधिक योजना बनाउन जुटेका हुन् ।

Ban devision notice

आगामी कार्यकालको लागि आधार तयार पार्न लागेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “हामी निर्वाचित भएर आउनेत्तिकै आवधिक योजना बनाउन पाएको भए पालिकाको मुहारै अर्कै हुन्थ्यो भन्ने महशुस गरेका छौ,” उहाँले भन्नुभयो “ढिलै भएपनि राम्रो योजना बनाउन सक्यौ भने आगामी कार्यकालका जनप्रतिनिधीलाई यसैमा टेकेर काम गर्न सजिलो हुनेछ् ।”

आवधिक योजना बनाउन सुर्यप्रसाद न्यौपाने, हरेगोबिन्द पाण्डे लगायत चार जनाको योजना बिद्, इञ्जिनियर, अर्थबिदको टोली आएको छ । गाउँपालिकाको समग्र बस्तुअवस्था, सम्भावना, समस्या, चुनौति र आवश्यकता पहिचान गरि जनप्रतिनिधीहरुको भिजन अनुसार योजना तयार पार्ने र लक्ष्य निर्धारण गरिने विज्ञ न्यौपानेले बताउनुभयो ।

आठ वटै वडा स्तरमा पनि पुगेर बस्तुअवस्था अध्ययन, छलफल र अन्तरक्रिया गर्ने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले आवधिक योजनालाई आधार बनाएर वार्षिक नीति तथा कार्यक्रम, बजेट बनाएर कार्यान्वयन गर्दा सहज हुने बताउनुभयो ।

गाउँपालिकाका सामाजिक बिकास अधिकृत हरिकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमालेका खड्ग गिरी, नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटिका इञ्चार्ज बुद्धी पुन, उद्योग वाणिज्य संघका प्रतिनिधी बिष्णु गर्बुजा, गरिमा बिकास बैंकका शाखा प्रबन्धक श्याम थापाले कार्यान्वयन गर्न सकिने र बास्तविकतामा आधारित योजना बनाउन सुझाव दिनुभयो ।

आवधिक योजना बनाउन हालै सकिएको गत आर्थिक वर्षमा सभिल लिंक÷श्रेष्ठ÷जियोस्पासल जेभीले रु. आठ लाख ९४ हजार ९६० मा सम्झौता गरेको थियो । गत आवमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले लागत साझेदारीमा प्रदेश भरका पालिकाहरुको आवधिक योजना बनाउन रु. पाँच लाखका दरले बजेट बिनियोजन गरेको थियो ।

प्रतिष्ठानले उपलब्ध गराउने सहित चालु आर्थिक वर्षमा गत वर्षकै रु. १८ लाख बजेटलाई गाउँपालिकाले निरन्तरता दिएको छ । कोरोनाका कारण गत आर्थिक वर्षमा कार्यक्रम हुन नसकेपछि आगामी कात्तिक महिना सम्मका लागि सम्झौताको म्याद थपिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...