म्याग्दीको मंगला–४ का वडा अध्यक्ष ओमबहादुर रोकाको निधन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को आज शनिबार निधन भएको छ ।

बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो । बि.स. २०७४ मा भएको स्थानीय तह निर्बाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्बार बनेर वडा अध्यक्षमा निर्बाचित हुनुभएको थियो ।

माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटि टेकबहादुर बिकका अनुसार रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी पर्नुभएको थियो । मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गरेर केही समय अघि उहाँ घर फर्कनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रोकाको घरमा बुवा, आमा, श्रीमति र एक छोरा छन् । जेठा छोराको गत वर्ष निधन भएको थियो । दश वर्षे जनयुद्धमा सहभागी हुनुभएका रोका माओवादी सम्बद्ध कलाकार संगठन शिखर सांस्कृतिक परिवारको अध्यक्ष हुनुहुन्थ्यो ।

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य समेत रहनुभएका रोकाले जनयुद्धकालमा जनवादी गित रचना र गाउनुभएको थियो । रोकाको निधनप्रति मंगला गाउँपालिका र नेकपा माओवादी केन्द्र जिल्ला कमिटि म्याग्दीले शोक व्यक्त गरेका छन् ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, माओवादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष गोबिन्द पौडेलले रोकाको निधनले अपुरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । रोकाको शव परिक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ । आइतबार गाउँमै लगेर धार्मिक बिधीपुर्बक दाहसंस्कार गर्ने परिवारले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...