म्याग्देली कलाकार जिसीले ल्याए ‘तिजको लखेटो…’

Shreekrishna hardware

साजन परियार
बेनी, । म्याग्देली कलाकारहरुको मौलिक तिजको गित ‘तिजको लखेटो, रेल आयो जनकपुर’ बोलको गित को म्युजिक भिडियो बिहिबार सार्बजनिक गरिएको छ ।

ध्रुब जिसीको लय, शब्द र आवाज रहेको गितको म्युजिक भिडियो क्रियटिभ मिडिया प्रोडक्सनले तयार पारेको हो । गितमा जिसीलाई रामु रिजाल, शक्ति छिनाल, मिलन बिश्वकर्मा र शान्ता परियारले साथ दिनुभएको छ । कलाकार जिसीको युट्ुब च्यानल मार्फत गितको म्युजिक भिडियो सार्बजनिक भएको हो । दिप्सन खड्काले दृष्य खिचेको म्युजिक भिडियोको भुपेन बानियाले सम्पादन गर्नुभएको छ ।

Ban devision notice

‘तिज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्रास बढेको छ,’ कलाकार जिसीले भन्नुभयो ‘नेपाली मौलिक लोक सभ्यतालाई संरक्षण गदैँ नेपाली नारीको मनको भावनालाई गीत मार्फत आम दर्शक तथा स्रोता माझमा ल्याएको छु ।’

Shreekrishna

तारानाथ आचार्यको एरेन्ज रहेको गीतमा दाजु भाई र दिदि बहिनी विचको भलाकुसारीलाई समेटिएको छ । बेनी र आसपासका क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियोमा सलिना क्षेत्री, सीता रोक्का, सुनिल बानिया, देवेन्द्र घिमिरे लगायतको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...