सांसद तुलाचनको शल्यक्रिया सफल

Sinchai Khanipani notice

काठमाडौ । मुस्ताङबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

पित्तथैलीमा पलाएको मासुका कारण स्वास्थ्यमा समस्या देखिएपछि तुलाचन काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा भर्ना हुनुभएको थियो । चिकित्सक सुबोध अधिकारीको टोलीले साउन १३ गते उहाँको शल्यक्रिया गर्नुभएको थियो ।

Bhautik ministry notice about road

शल्यक्रिया पछि चिकित्सकको सल्लाह अनुसार उहाँ बेड रेष्टमा बस्नुभएको छ । जसका कारण संसद बैठक र ससदीय समितिको बैठकमा सहभागी हुन नसक्नुभएको उहाँको सचिवालयले जनाएको छ । घरमै बिश्राम गरिहनुभएको छ । चिकित्सकले एक हप्ता बेड रेष्ट गर्न सुझाव दिएका थिए ।

Shreekrishna hardwear in news

बिश्राममै रहेको अबस्थामा पनि मुस्ताङ र जिल्लाबासीको समस्या समाधानका लागि सरोकारवालाहरुसँग सम्पर्क समन्वय गरिरहनुभएको छ । पहिरोका कारण दैनिक जसो अवरुद्ध हुने बेनी–जोमसोम सडक खुलाउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सम्बन्धित कार्यालय तथा आयोजनाका प्रमुखसँग नियमित सम्पर्क समन्वय गर्नुभएको सचिवालयले जनाएको छ ।

कोरोना भाइरस बिरुद्धको खोपको ब्यवस्थापनमा पनि सांसद तुलाचनले समन्वय गर्नुभएको थियो । यसै हप्ता मुस्ताङका १८ वर्ष भन्दा माथिका सबै जनसंख्यालाई कोभिड बिरुद्धको खोप लगाउने कार्य सकिएको छ । बुधबार जोमसोम स्थित जिल्ला कारागार शाखाको भवन भत्किएको बिषयमा पनि प्रजिअ मार्फत जानकारी लिएर गृह मन्त्रालयमा पहल गरिहरनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...