यस्ता छन् डिभिजन बन कार्यालय म्याग्दीले गत आबमा गरेका कार्यक्रमका उपलब्धी (भिडियो अन्तरबार्ता सहित )

Gandaki Ghumau

साजन परियार
बेनी, । बन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका म्याग्दीका कृषकले रु. पाँच लाख भन्दा बढी राहत पाएका छन् ।

डिभिजन बन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २५ जना कृषकलाई रु. पाँच लाख चार हजार रुपैयाँ राहत बितरण गरेको हो । निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनालले चितुवाको आक्रमणबाट मरेका ५३ वटा पशुका धनीलाई सो राहत रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।

“प्रदेश सरकारको कार्यबिधी अनुसार ४२ बाख्रा, दुई भेडा, छ सँुगुर र तीन वटा राँगोको क्षतिपुर्ति बितरण गरेका हौ,” उनले भने “गत आबमा दुई वटा चितुवा, एक वटा सर्प, एक वटा लाटोकसेरो र एउटा स्यालको उद्दार भएको छ ।”

Shreekrishna

मृत भेटिएका २ वटा चितुवा, एक वटा बनबिरालो र एक वटा लाटोकोशेराको शव ब्यवस्थापन र बन्यजन्तु नियन्त्रणमा लिने तीन वटा खेर बनाएको छ । बन्यजन्तु पिडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्धन्द ब्यवस्थापनका लागि एक हजार प्रति ब्रोसर बितरण र छ ठाउँमा सचेतनामुलक गोष्ठि गरेको थियो ।

यस्तै गत वर्ष म्याग्दीका १८ वटा सामुदायिक बन उपभोक्ता समूहलाई वृक्षारोपणका लागि रु. एक करोड दुई लाख अनुदान उपलब्ध गराएको छ । विभिन्न प्रजातिका एक लाख पचास हजार बिरुवा रोप्न समुहलाई अनुदान दिएको सहायक बन अधिकृत खनालले बताउनुभयो ।

बेनी स्थित डिभिजन बन, छ वटा सहायक बन डिभिजन र आठ वटा सामुदायिक बन समूहको नर्सरीमा दुई लाख पन्ध्र हजार एक सय गोटा जडिबुटी, फलफुल, घाँस र काठ प्रजातिका बिरुवा उत्पादन भएको छ । १३ हजार पाँच सय वटा टिमुर, दाँते ओखर, आँप, लिचि, एभोकाडो र अम्बाका बिरुवा खरिद गरेर बितरण गरेको छ ।

Gunasthariya Shiksya

निर्माणाधिन मंगले राहुघाट जलबिद्युत आयोजनाले ९० र राहुघाट जलबिद्युत आयोजनाले ३० रोपनी जग्गाको सट्टाभर्ना गरेका छन् । बिरुवा उत्पादन, बृक्षारोपण, हेरालुका लागि मंगले राहुघाटको प्रर्वद्धक तुदी पावरले रु. १४ लाख र रघुगंगा हाइड्रोपावरले दुई वटा समूहलाई रु. सात लाख ९६ हजार ६१३ भुक्तानी गरेको छ ।

पर्यटन पुर्वाधार तर्फ घोडेपानि देखि प्यारीबाराही ताल जोड्ने साइकल र घोडामार्गका साथै चरा अबलोकन स्थल र घोडा बाध्ने तबेला निर्माण भएको छ । खोप्रा लेकमा बिश्रामस्थल, टोड्केमा बनभोज स्थल, हिस्तानको फुलबारीमा गुराँस पार्क, घराम्दीको प्यारीबाराही तालमा ‘फुट ट्रेल’, पछैमा शौचालय, शितलबासमा हरित पार्क निर्माण भएको छ ।

जिल्लाका विभिन्न ठाउमा अतिक्रमण भएको सात हेक्टर बन फिर्ता लिइ तीन वटा सामुदायिक बन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ । गत बर्ष वन अपराध सम्बन्धी दुई वटा मुद्दा दायर, तीन वटाको अनुसन्धान जारी र पाँच वटा मुद्दामा कारबाही तथा जरिवाना गरेको छ ।

एक वटा नयाँ बन समुदायमा हस्तान्तरण गरेको कार्यालयले बेनी नगरपालिका–५ डडुवा र मंगाला गाउँपालिका–१ पुर्णगाउँको बीचमा रहेको बन सम्बन्धी बर्षौ देखिको बिवाद समाधान गरेको छ । वन पैदावार संकलन तथा छोडपुर्जि जारी गरेर रु. २६ लाख ३२ हजार ३९९, कबुलियती बनको दस्तुरबाट रु. एक लाख १७ हजार ५७८, प्रशासनिक सेवा शूल्कबाट ७१ हजार आम्दानी गरेको बन डिभिजनले रु. २३ हजार ८८९ बेरुजु असुल उपर गरेको छ ।

काठ बिक्रीमा मूल्य अभिवृद्धि कर वापत रु.सात लाख ८३ हजार ५६३ आम्दानी भएको छ । कुल रु.सात करोड १७ लाख ३७ हजार बजेट बिनियोजन भएकोमा ८८ प्रतिशत बित्तीय र ९१.३ प्रतिशत भौतिक प्रगति भएको निमित्त बन अधिकृत खनालले बताउनुभयो ।

कार्यालयमा एक डिभिजन बन अधिकृत, तीन सहायक बन अधिकृत र १३ जना बन रक्षकको पद रिक्त छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...