मुस्ताङमा कारागारको भवन भत्कियो

Gandaki Pardesh notice

बेनी । जोमसोममा रहेको जिल्ला कारागार शाखा मुस्ताङको भवन बुधबार भत्किएको छ ।

अत्याधिक बर्षातका कारण जिर्ण अवस्थामा रहेको कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी, सुरक्षाकर्मीको ब्यवस्थापन, प्रशासनिक कार्य सञ्चालन गर्न समस्या सिर्जना भएको छ । सुरक्षा चुनौति बढेको छ । जिल्ला कारागार शाखा मुस्ताङका निमित्त प्रमुख भुवन केसीले भवनको तीन वटा कोठाको पर्खाल भत्किएको बताउनुभयो ।

“सुरक्षाकर्मीलाई वैकल्पिक दुई कोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ,” उहाँले भन्नुभयो “कैदी—बन्दीलाई कहाँ लगेर राख्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।” जिर्ण अवस्थाको भवनका अन्य कोठाहरुमा पनि क्षति पुगेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ढुङ्गा र माटोले बनेको एक तले नौ कोठे भवनको सख्खर माटोले छाएको छानो अत्याधिक बर्षातले चुहिएर पर्खाल चर्किएको थियो । दुई कोठामा कैदी–बन्दी, ६ वटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुखको निवास थियो । भवनमा प्रयोग भएका काठ मक्किएको, चुहिने र जिर्ण भएकाले अप्रिय घटनाको जोखिम छ ।

१० जनाको क्षमता रहेको मुस्ताङ कारागारमा हाल ११ जना कैदी–बन्दी छन् । बढीमा २६ जनासम्म कैदी–बन्दी राखिएको थियो । २० जना सुरक्षाकर्मीको दरबन्दि मध्य १० जना र सात जना प्रशासनिक कर्मचारीको दरबन्दि भएकोमा चार जना मात्रै छन् ।

करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन सहायक अञ्चलाधिसको निवास रहेको भवनमा बि.स. २०३७ मा कारागार राखिएको थियो । प्रजिअ श्रीनाथ पौडेल सहित सुरक्षा अधिकारी र जनप्रतिनिधीको टोलीले भत्किएको कारागार भवनको बुधबार दिउँसो निरिक्षण गरेर कैदी–बन्दीको ब्यवस्थापनका लागि पहल थालेको छ ।

पछिल्लो समय मुस्ताङमा तापक्रम बढ्ने, अध्याधिक मात्रामा वर्षा र बेमौसममा हिमपात हुन थालेपछि माटोले बनेका परम्परागत पुराना घरहरु चुहिने, भत्किने र जिर्ण बनेका छन् । कारागारको भौतिक संरचनाको जिर्ण र जोखिम अवस्थाका बारेमा पटक÷पटक ध्यानाकर्षण गराएपनि नयाँ भवन निर्माणका लागि चासो देखाएका छैनन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...