धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । लेखा अधिकृत कृष्ण खरालले चालु शिर्षकको ७२ दशमलब ४२ र पुजिगत शिर्षकको ७८.३४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलबभत्ता, जनप्रतिनिधीको सुबिधा, प्रशासनिक कार्य, खरिदजन्य कार्यक्रमका लागि चालु शिर्षकमा रु. २७ करोड १० लाख ७२ हजार २०३ बिनियोजन भएकोमा रु. १९ करोड ६३ लाख १८ हजार ६६५ खर्च भएको छ ।

बिकास आयोजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा रु. १६ करोड ५७ लाख १९ हजार ८९२ बिनियोजन भएकोमा रु. १२ करोड ९८ लाख ४३ हजार ३८२ खर्च भएको लेखा अधिकृत खरालले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाले गत वर्ष सडक, भवन, खानेपानी, पहिरो पिडितको आवास पुननिर्माण सम्बन्धी १४१ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको थियो । प्राबिधिक लोकेन्द्रबहादुर रावलले सात वटा ठेक्का र अन्य उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको बताउनुभयो ।

गत वर्ष पाँच वटा झोलुङ्गे पुल निर्माण सकिएका धवलागिरीमा यस वर्ष थप सात वटा झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा छन् । गत वर्ष १३ दशमलब पाँच किलोमिटर सडकको नयाँ मार्ग खोलिएको र एक दशमलब पाँच किलोमिटर सडकमा सोलिङ गरेर स्तरोन्निति भएको छ ।

Bhautik ministry notice about road

मुदी–खिबाङ, खाम्ला–खिवाङ, गुर्जा आन्तरिक सडक, मुना स्वास्थ्य चौकी, ताकम र लुलाङको वडा कार्यालय भवन, लुलाङ खानेपानी आयोजना प्राथमिकता र महत्वका योजना हुन् । ताकममा ५ शैया क्षमताको अस्पताल बनाउन बहुबर्षिय ठेक्का सम्झौता भएको इञ्जिनियर सोबिन जिसीले बताउनुभयो ।

मल्कवाङमा सामुदायिक भवन बनाएर वडा कार्यालय सञ्चालन, हेम नमुना आवासीय माविको छात्राबास, धारापानीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन छन् । खोरियामा सामुदायिक इकाईको भवन निर्माण भएको छ ।

मल्कवाङमा निर्माण भएको वडा कार्यालय भवन । तस्बिर धौलागिरी खबर

बाढी र पहिरोले क्षति पुगेका धारापानीको किसानीको भवन पुननिर्माण, ताकम र धनजनता माबिको भवन संरक्षण गरेको छ । मुदीमा खेलमैदान बनाउन जग्गा सम्माइएको छ । शिवाङमा दलित बाजा राख्ने, आरबाङमा प्रगति युवा क्लवको र मलम्पारमा आमा समूहको भवन निर्माण भएको छ ।

नाउरा, नेरवाङ, चेचुङ, खाम्ला, बासबोट र बगरमा खानेपानी आयोजना निर्माण भएको छ भने बाढी पहिरोले क्षति पुगेको ताकमको कोतखोला तेस्रो खानेपानी आयोजना मर्मत गरि पुनःसञ्चालन गरिएको छ । ढल ब्यवस्थापन गर्न लुलाङ, गुर्जा र खिवाङमा नाली निर्माण भएको छ ।

दश वटा सडक आयोजना मार्फत १३ दशमलब पाँच किलोमिटर ट्याक खुलेको छ । मुदी–खिवाङको ५ किलोमिटर, खारा–खाम्लाको एक दशमलब सात किलोमिटर, गुर्जा आन्तरिक मोटरबाटोको आठ सय मिटर, राम्चे–बुलको दुई दशमलब एक, मराङ–मलम्पारको छ सय मिटर, रिख–घन्टिबाङको सात सय, मल्कबाङ–मलम्पारको पाँच सय, हिलापोखरी–सोलबाङको चार सय, मुना–सोलबाङको एक दशमलब दुई किलोमिटर र मच्छिम कृषि सडकको पाँच सय मिटर नयाँ मार्ग (ट्याक) निर्माण भएको छ ।

गत बर्खाको पहिरोले भत्किएका ताकमका २२, मराङमा १० र मल्कवाङमा चार वटा घर गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा पुननिर्माण भइरहेको छ । म्याग्दी प्रवासी नेपाली संघ मोनाले मराङमा दश र धारापानीमा चार वटा घर पुननिर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...