धवलागिरीको बगर धुरीमा मोवाइलको बिटिएस टावर सञ्चालन

Gandaki Kotihome

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–४ बगरमा मोवाइल फोन सेवा बिस्तार भएको छ ।

बगर गाउँको धुरीमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावरबाट संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा पनि सञ्चार सेवा पुगेको छ । आठ हजार १४७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो ।

नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेब शाहले बगरको टावरमा उपकरण जडान गरेर मोवाइल फोन सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । “बिद्युत नपुगेकाले सोलारबाट टावर सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “मोवाइलमा कुराकानी गर्न र टुजी (दोस्रो पुस्ता)को इन्टरनेट चलाउन सकिन्छ ।”

Upper Myagdi transmition line notice

धवलागिरी गाउँपालिकाको बगर, सिम्कोश, चेचुङ, नाउराका एक सय घरधुरी बासिन्दाको साथै धौलागिरी चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक, हिमाल आरोही, पथप्रर्दशक र पर्यटक मजदुरलाई सुबिधा पुगेको छ ।

दुर्गम गाउँका बासिन्दाको सूचना प्रबिधिमा पहुँच बढेको छ । यसअघि मोवाइलमा कुराकानी गर्न अग्ला डाडा र रुखमा चढ्नुपर्ने बाध्यता थियो । सञ्चार सुबिधा नुहँदा स्थानीयबासी, पर्यटकहरु प्रभावित भएका थिए ।

Annapurna aarohan ko notice

धौलागिरी आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तारका लागि धवलागिरी गाउँपालिकाले बगरको धुरीमा बिटिएसका उपकरण राख्ने र कुरुवा बस्ने घर निर्माण गरेको थियो । बस्ती देखि टाढाको डाडामा पालिकाको केन्द्र मुनादेखि उपकरण समेत ढुवानी गरिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

म्याग्दीमा नेपाल टेलिकमले २८ वटा बिटिएस टावर सञ्चालन गरेर मोवाइल फोन सेवा उपलब्ध गराएको छ । एक लाख १३ हजार जनसंख्या भएको म्याग्दीमा टेलिकमको टेलिफोन र मोवाइल सिम प्रयोग गर्नेहरु ८२ प्रतिशत रहेका टेलिकमका शाखा प्रमुख शाहले बताउनुभयो ।

बेनी, दरबाङ, गलेश्वर र घोडेपानीमा एक हजार ३२८ वटा तारजडित टेलिफोन, एक हजार २०० लाइनबाट एन्टिफाइबर इन्टरनेट सञ्चालन र ७४ हजार प्रिपेड र प्रोस्पेड सिम बितरण गरेको छ । पन्ध्रहजार सिडिएमए र स्काई फोन बितरण गरेको थियो । सिडिएमए र स्काई प्रतिस्थापन गर्न लागिएको शाखा प्रमुख शाहले बताउनुभयो ।

टेलिकमले म्याग्दीको रघुगंगाको चिमखोला, धवलागिरीको मल्कवाङ र लुलाङमा थप तीन वटा बिटिएस टावर राखेर सेवा बिस्तारको तयारी गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...