धाइरीङको सरस्वति आधारभूत बिद्यालय भवन पहिरोको जोखिममा

Gandaki Pardesh notice

बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङको गुन्द्रेखेत स्थित सरस्वति आधारभूत बिद्यालयको भवन पहिरोको जोखिममा परेको छ ।

बर्षातका कारण भवनसँगै रहेको खेलमैदानको पर्खाल भत्किएपछि जोखिम बढेको हो । खेलमैदानको डिलतर्फ लगाइएको ४० थान ग्यावीयन पर्खाल र चौतारी भत्किएको छ ।

Bhautik ministry notice about road

बिद्यालयका तीन वटा भवन पनि पहिरोको जोखिममा परेका वडा सदस्य पुर्ण दर्जीले बताउनुभयो । कक्षा ५ सम्म पठनपाठन हुने सो बिद्यालयमा हाल ३८ जना बिद्यार्थी छन् । पहिरोका कारण जमिन र कक्षा कोठा भवनका पर्खाल चर्किएका छन् ।

Shreekrishna hardwear in news

एक वटा दुई कोठे ट्रस भवन राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा गत आर्थिक बर्षमा निर्माण सकिएको थियो । भवन जोखिममा परेपछि त्रासपुर्ण वातावरणमा पठनपाठन गर्नुपर्ने अवस्था आएको छ ।

सोही पहिरोले बिद्यालय नजिकै रहेको बस्ती पनि जोखिममा परेको छ । पहिरोले नहर थुनिएर बस्तीतर्फ पानी बग्दा जोखिम भएको हो । त्यहाँ करिब २५ घरको बसोबास छ । पहिरोले रु. बीस लाख बराबरको क्षति पुगेको छ । पहिरो नियन्त्रणका लागि वडा, पालिका मार्फत गरिएको वडा सदस्य दर्जीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...