पहिरोबाट बिस्थापित किराखोरको बस्ती स्थानान्तरण गर्ने ठाउँको खोजी

Gandaki Ghumau


बेनी । पहिरोबाट बिस्थापित पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोर बस्ती स्थानान्तरण गर्ने ठाउँ खोजी गरिएको छ ।

पहिरोले घर र जग्गा जमिन छिया छिया बनाएपछि बिद्यालय, अस्थाई टहरा र आफन्तकोमा बसेकाहरुको स्थायी बसोबासको ब्यवस्था मिलाउन वडा कार्यालयले सम्भावित ठाउँको खोजी सुरु गरेको हो ।

वडा अध्यक्ष टुङ्गनाथ शर्माले पहिरो पिडितलाई एकिकृत बस्ती बनाएर बसोबासको ब्यवस्था मिलाउन अध्ययन थालिएको जानकारी दिनुभयो । सोमबार वडा सदस्य पुर्णबहादुर दर्जीको नेतृत्वमा एकिकृत बस्ती बनाउन प्रस्ताव गरिएको भुरुङजा र डडुवाको चौरको स्थलगत निरिक्षण भएको छ ।

Shreekrishna

पहिरो पिडित, सुकुम्बासी र अब्यवस्थित बसोबास गरेकाहरुलाई एकिकृत बस्ती बनाउन जनप्रतिनिधी, राजनीतिकर्मी, अगुवा र पहिरो पिडितका प्रतिनिधीको टोलीले प्रारम्भिक चरणको अध्ययन गरेको हो । स्थलगत निरिक्षणपछि पहिरोबाट बिस्थापित र गाउँपालिकाका पदाधीकारीहरुसँग मंगलबार एकिकृत बस्ती निर्माणको प्रक्रिया अघि बढाउन छलफल गरिएको वडा अध्यक्ष शर्माले बताउनुभयो ।

Gunasthariya Shiksya

वडा अध्यक्ष शर्मा, सदस्य दर्जी, नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटिका अध्यक्ष दिपक आचार्य, माओवादीका जिल्ला सचिवालय सदस्य दुर्गाबहादुर दर्जी, वडा कमिटि अध्यक्ष हरि आचार्य लगायतको टोलीले निरिक्षण गरेको थियो ।

मिलनचोक देखि धाइरीङ–धारापानी हुदै करिब चार घण्टा पैदल हिडेपछि पुगिने भुरुङ्जा र डडुवामा खुल्ला चौर भएकाले सुरक्षित तथा जग्गा ब्यवस्थापन गर्न सहज हुने देखिएको छ । सडक पुगेको, केन्द्रिय प्रशारणको बिद्युतको लाइन नजिकै रहेको, खानेपानीको स्रोत भएकोले त्यहाँ बसोबासका लागि पहिरोबाट बिस्थापित भएकाहरु इच्छुक देखिएका छन् ।

वडा, पालिका, जिल्ला हुदै प्रदेश र संघीय सरकारसँग जग्गा ब्यवस्थापन र एकिकृत बस्ती बनाउन पहल गरिएको वडा अध्यक्ष शर्माले बताउनुभयो । किराखोरका ३१ सहित जलजलाको ७ नम्बर वडाभर पहिरोबाट बिस्थापित, सुकुम्बासी र अब्यवस्थित बसोबास गरेका करिब एक सय परिवारका लागि एकिकृत बस्ती निर्माणको योजना अघि सारिएको छ ।

बस्तीको चारै तिर पहिरो गएको, जमिन चिरा चिरा परेको र घरहरु जिर्ण बनेर भत्किन थालेपछि किराखोर गाउँनै बिस्थापित बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...