नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

Gandaki Ghumau

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ ।

सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार निर्माण गरिएको हो ।

बि.स. २०६० माघ ३ गते नारच्याङ देखि बेनी जाने क्रममा ५२ वर्षीया बुद्धुजाको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा तत्कालीन बिद्रोही पक्ष माओवादीले तत्कालीन शाही सेनालाई थापेको एम्बुस (धराप) बिस्फोटमा परेर निधन भएको थियो ।

Shreekrishna

निर्वाचन क्षेत्र पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत अन्नपुर्ण गाउँपालिकाको आर्थिक सहयोगमा प्रवेशद्धार र प्रतिक्षालय निर्माण गरेको उपभोक्ता समितिका सदस्य तेज गुरुङले जानकारी दिनुभयो ।

“शान्ति प्रक्रियापछि सरकारले बुद्धुजालाई जनयुद्धमा ज्यान गुमाएका राज्य र बिद्रोहीपक्षका सरह सहिद घोषणा गरेको थियो,” उहाँले भन्नुभयो “उहाँको सम्मानमा प्रवेशद्धार बनाउने योजना १४ वर्षपछि पुरा भयो ।”

Gunasthariya Shiksya

प्रवेशद्धार निर्माणका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाबाट रु. दश लाख बिनियोजन भएको थियो । दायाँ र बाँया पिल्लर ठडाएर पक्कि बिमले जोडिएको प्रवेशद्धारको माथिल्लो भागको बिचमा सहिद बुद्धुजाको शालिक राखिएको छ ।

एकातर्फ बुद्ध र अर्कोतर्फ शिवजीको मुर्ति राखिएको छ । दायाँतर्फको पिल्लरमा वुद्धुजाको संक्षिप्त परिचय सहितको शिलालेख राखिएको छ । बायँतर्फको पिल्लरमा उपभोक्ता समितिका पदाधीकारी, सदस्य र सहयोगीहरुको नाम सहितको शिलालेख राखिने सदस्य गुरुङले बताउनुभयो । उदीसुवाका श्रीमान गमबहादुर बुद्धुजा तत्कालीन जिबिसका सदस्य, नारच्यांग गाउँ पञ्चायतका प्रधानपञ्च र प्रभा माबिका पुर्ब प्रअ हुनुुन्थ्यो । उहाँ नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो ।

इटा, सिमेन्ट, बालुवा, गिट्टी र रडको प्रयोग गरेर बनाइएको प्रवेशद्धारलाई रातो रंगले पोतिएको छ । प्रवेशद्धार नजिकै प्रतिक्षालय निर्माण भएको छ । सडक मार्ग भएर नारच्याङ भित्र्ने र बाहिरिने एकमात्र सो बेलिब्रिजको नाकामा प्रवेशद्धार बनाइएको हो ।

प्रवेशद्धार र प्रतिक्षालयको नजिकै नारच्याङ स्थित आठ हजार ६१ मिटर अग्लो अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्ने फ्रान्सका मौरिज हर्गोजको शालिक राखिने भएको छ । सन १९५० को जुन ३ मा हर्गोजले अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक सफल आरोहण गरेर किर्तिमान कायम गर्नुभएको थियो ।

हर्गोज आठ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुनुहुन्छ । हर्गोजले अन्नपूर्ण प्रथम चढेको तीन वर्षपछि बल्ल सगरमाथामा पहिलो पटक मानव पाइला परेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...