भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

Gandaki Ghumau

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् ।

भारतीय हस्तक्षेप र ज्यादती बन्द गर्नुपर्ने, भारतीय एसएसबीले तुइनको लठा काटिदिदाँ महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई सहिद घोषणा गर्नुपर्ने लगायतका नारा लगाउदै नेकपाको पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥याली बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Gunasthariya Shiksya

कोणसभालाई नेकपाका धौलागिरी ब्युरो इञ्चार्ज धु्रब घिमिरे बिप्लप, म्याग्दी जिल्ला सेक्रेटरी शुसिला बिक, अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सचिब उषा घर्ति घिमिरे, अखिल क्रान्तिकारीका धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna

उहाँहरुले सिमा अतिक्रमण हटाउन र सिमा सम्बन्धी समस्या समाधान गर्न तथा दार्चुला घटनाको बिषयमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही तथा बेपत्तालाई सहिद घोषणा र परिवारलाई क्षतिपुर्तिको ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...