मोना सिजुओकाको नयाँ नेतृत्व चयन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । २०२१ अगष्ट १ तारिख (आइतबार) सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश पुन, उपाध्यक्षमा करन बोगटी, सचिवमा बिशाल पुन, सह–सचिवमा राहुल तिलिजा, कोषाध्यक्षमा शुसिला फगामी, सह–कोषाध्यक्षमा गीता गर्बुजा चयन हुनुभएको छ । सदस्यहरुमा क्रमश ः निरोज पुर्जा, भिम गर्बुजा, धिरज पुन, देबिन बुढाथोकी, मनोज पुर्जा, करिष्मा गर्बुजा, मिनु गर्बुजा, सोनी पुन, हर्क रोका मगर, काजी गुरुङ, सुधिर प्रधान, बिनोद घर्ती र सुशिल पाईजा चयन हुनुभएको छ । त्यस्तै सल्लाहकारमा टिका छन्त्याल चयन हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अधिवेशनको अवसरमा एनआरएनए जापानका सचिव श्याम शितल श्रेष्ठले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले मोनासंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । मोना जापानका राष्ट्रिय अध्यक्ष दिपक कार्कीले सिजुओका क्षेत्रमा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध बनाउन क्षेत्रीय कार्यसमितिको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

Shreekrishna

मोना जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी पुनले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै सिजुओका क्षेत्रमा अध्ययन, रोजगार, व्यवसाय संचालन गरेर बस्ने म्याग्दीलीहरुको हक हितमा रहेर रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।

क्षेत्रीय कार्यसमिति सिजुओका अध्यक्ष चोचाङ्गीले मोनाको निति तथा कार्यक्रम अनुसार आफु अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा गलकोट समाज जापानका निवर्तमान केन्द्रीय महासचिव कृष्ण केसी लगायतको उपस्थिती रहेको थियो । सचिव विशाल पुनले संचालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश पुनले स्वागत गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...