स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

Shreekrishna hardware

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ ।

माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो जलबिद्युत आयोजना हो । ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परिक्षण उत्पादन सुरु गरेको थियो ।

परिक्षण अवधी पुरा गरेर नेपाल बिद्युत प्राधिकरणलाई बिद्युत बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका प्रमुख चुडामणी निरौलाले बताउनुभयो । ‘निर्माण र परिक्षणको सबै काम सकेर ब्यवसायिक उत्पादन थालेका छौ,’ उहाँले भन्नुभयो ‘बिद्युत प्राधिकरणले सबै बिद्युत खपत गर्न नसकेका कारण ३० मेगावाटको हाराहारीमा उत्पादन गरेका छौ ।’

Shreekrishna

प्राधिकरणले खपत गर्न सकेको अवस्थामा पूर्ण क्षमतामा चलाउने निरौलाले बताउनुभयो । कोरोना, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बावजुद नेपाल बिद्युत प्राधिकरण, ठेकेदार कम्पनीहरु भ्वाइथ नेपाल, हाइ हिमाल, होम्स र परामर्शदाता हाइड्रो कन्सल्टका प्राबिधिकहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर म्रिस्तिखोलालाई निर्माण पुरा गराउन खटिएका थिए ।


नारच्याङ बेशीगाउँ स्थित कालीगण्डकीको बायाँ किनारमा रहेको बिद्युत गृहमा १२÷१२ मेगावाट क्षमताका तीन वटा युनिट (जेनेरेटर र टर्वाइन) जडान भएको आयोजनाका पलान्ट म्यानेजर दिपककुमार शाहले बताउनुभयो । दाना स्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने ११ वटा टावर र चार किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर केन्द्रिय ग्रिडमा बिद्युत पठाइएको छ ।

Ban devision notice

निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी एक हजार ५०० मिटर पेनस्टक पाइपबाट २५० मिटर उचाइको हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ ।

पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी (क्यानल) र पावरहाउस परिसरमा स्विचार्ड बनाएको छ । प्रतिमेगावाट रु. १३ करोड ४३ लाखमा निर्माण सकिएको प्रर्बद्धक कम्पनीले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले सत्र लाख तीन सय ५१२ कित्ता सेयर लगानी गरेका छन् । प्रर्वद्धकहरुले नेपालमा हालसम्मकै सस्तो लागतमा आयोजना निर्माण गरेको बताएका छन् । स्वदेशी लगानीमा निजी क्षेत्रले नेपालमा बनाएको मध्य ठूलो आयोजना हो । बि.स. २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको थियो ।

म्रिस्तिखोलामा भाटभटेनी समुह, नबिन, लक्ष्मी, सिद्धार्थ, एस डेभलपमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र जलविद्युत बिकास कम्पनीको लगानी छ । २ मेगावाट क्षमत्ताको तातोपानी र ५ मेगावाटको घलेम्दीखोला जलबिद्युत आयोजना यसअघिनै सञ्चालन भएको नारच्याङमा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड, ६ मेगावाटको रेलेखोला निर्माणाधिन अवस्थामा छन् । कालीगण्डकी र मिस्ट्रीखोला माथि दुई वटा बेलिब्रिज बनाएर नारच्याङलाई सडक सञ्जालमा जोडेको म्रिस्तीखोलाले बनाएको सडक लगायतका पुर्बाधारबाट स्थानीयबासीलाई सुबिधा पुगेको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

विद्युत विकास विभागबाट बि.स. २०६४ मा जनेरेशन लाइसेन्स पाएको म्रिस्«तीखोलाको निर्माण प्रशारण लाइन अभाव, भौगोलिक बिकटता, भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट प्रभावित बनेको थियो ।सुरु गरेको पाँच वर्षमा निर्माण सकिएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले म्याग्दीका अन्य आयोजनामा लगानी भित्र्याई बिद्युत बिकासलाई गति दिन सकारात्मक सन्देश प्रवाह गराउन सफल भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

१२ मेगावाट क्षमताको म्रिस्तीखोला क्यासकेड आयोजना निर्माणका लागि बिद्युत बिकास बिभागबाट माउन्टेन इनर्जी नेपाललेनै अध्ययनको अनुमति लिएको छ । ४२ मेगावाटको आयोजनाको बिद्युतगृहबाट निस्किएको पानी सोझै सुरुङमा छिराउने गरि अर्को (क्यासकेड) आयोजनाको परिकल्पना गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...