प्यारीबाराही तालमा ‘फुट ट्रेल’

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को प्यारीबाराही तालमा ‘फुट ट्रेल’ निर्माण भएको छ ।

नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न प्यारीबाराही ताल वरपर पैदलमार्ग निर्माण र घेराबार गरेर सौन्दर्यकरण गरिएको हो । डिभिजन बन कार्यालय म्याग्दीको सहयोगमा घराम्दी सामुदायिक बन उपभोक्ता समूहले पैदल हिडेर ताल परिक्रमा गर्न सकिने पदमार्ग बनाएका हुन् ।

गोलो आकारको तालको वरपर ढुङ्गा बिछ्याएर ३६० मिटर लामो र डेढ मिटर चौडाई भएको पैदलमार्ग निर्माण भएकोे डिभिजन बन कार्यालयले जनाएको । फुट टे«ल निर्माण गर्न डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०७७÷७८ मा समुहलाई रु. तीन लाख ८४ हजार उपलब्ध गराउने सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

कार्यालयको अनुदानका अतिरिक्त थप श्रमदान जुटाएर ताल वरपर फुट टे«ल बनाएका हुन् । जनैपुर्णीमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।

Bhautik ministry notice about road

गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । स्थानीयबासी र भक्तजनले ताल परिसरमा मन्दिर निर्माण गरेका छन् । तालको बाहिरी भागमा तारबार गरिएको छ ।

तालमा थुप्रिएको फोहोर निकालेर फालेका छन् । वरपर बनाएको पैदलमार्गले बनबाट आउन फोहोरलाई सिधै तालमा पस्न रोकेर सरसफाईमा सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । प्यारीबाराही ताललाई घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकहरुका लागि सहायक गन्तब्य स्थलको रुपमा बिकास गर्न लागिएको छ ।

प्रदेश सरकारको सहयोगमा घोडेपानी देखि प्यारीबाराही तालसम्म जोड्ने घोडा र साइकल मार्ग बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । घराम्दी र टिकोटबाट प्यारीबाराही ताल जोड्ने सडक निर्माण भएको छ ।

डिभिजन बन कार्यालयको रु. बीस लाख सहयोगमा डेढ मिटर फराकिलो तीन÷तीन किलोमिटरको घोडा र साइकल मार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शुसील पुनले बताउनुभयो । लालिगुराँसको घना जंगलको बिचमा समथर चौर भएको कालीसारमा चरा अवलोकन स्थल बनाइएको छ ।

प्यारीबाराही ताल नजिकै भालखारामा पर्यटक चढ्ने घोडा बाध्ने टबेला बनाइएको छ । घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुबै चढेर प्यारीबाराही ताल जान आउन सक्ने भएका छन् ।
घोडेपानी र प्यारीबाराही क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । जैबिक बिबिधताका हिसाबले पनि यो पदमार्ग सम्भावनायुक्त देखिएको निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...