बेनीको न्युरोडमा प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना

Gandaki Pardesh notice

बेनी । बेनीको न्युरोडमा आइतबार साँझ ड्युटीमा रहेका प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ ।

क्याम्पसचोकबाट हुलाकचोकतर्फ जादै गरेको बा २ ब ५८४६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल र हुलाकचोकबाट क्याम्पसचको जादै गरेको ग ८ प ८८५१ नम्बरको जुधेर दुर्घटना भएको थियो ।

घटनाका प्रत्यक्षदर्शी प्रमोद शर्माले पानी परिरहेको अवस्थामा दुई वटा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको बताउनुभयो । प्रहरीको मोटरसाइकलमा दुई जना सवार थिए । अर्को मोटरसाइकलमा हाडेभिरको ग्यारेजमा काम गर्ने सोनाम खान नाम गरेको मिस्त्री सवार थिए ।

Shreekrishna hardwear in news

मोटरसाइकलमा सामान्य क्षति र सवार तीन जनालाई सामान्य चोटपटक लागेको छ । घटनास्थलमा पुगेका स्थानीयले मदिराको गन्ध आएको बताएका छन् । क्याम्पसचोकबाट आएको मोटरसाइकल रङ साइडमा गएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

Bhautik ministry notice about road
दुर्घटना भएको मोटरसाइकल चलाएका प्रहरी । तस्बिर सामाजिक सञ्जाल

दुर्घटना भएको मोटरसाइकल चलाउने र पछाडी चढ्ने प्रहरी कर्मचारीको पहिचान यो समाचार तयार पार्दासम्म खुलेको छैन् । उनिहरु तीनै जनालाई तत्कालै स्वास्थ्य परिक्षण गराउन बेनी अस्पतालमा लगिएको थियो ।

प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले सो दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । “प्रहरी कर्मचारीले गल्ती गरेको पुष्टि र प्रमाणित भयो भने बिभागीय कारबाही हुन्छ,” उहाँले भन्नुभयो “के कारणले दुर्घटना भएको हो भनेर अनुसन्धान हुदैन् । स्वास्थ्य परिक्षण गर्न अस्पताल लगिएको छ । सोधपुछ र अनुसन्धान हुन्छ ।”

उहाँका अनुसार मोटरसाइकल चलाएका प्रहरीको स्वास्थ्य परिक्षण गर्दा मापसे गरेको देखिएको छैन । अर्का प्रहरीको यो रिपोर्ट तयार पार्दासम्म मापसे रिपोर्ट आएको छैन् । प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटना भएको मोटरसाइकल चलाएका मिस्त्रीको पनि सवारी चालक अनुमतिपत्र नभएको पाइएको प्रनाउ राइले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...