एनआरएनए नेदरल्याडको अध्यक्षमा मिम पुर्जा निर्बाचित

Gandaki Pardesh notice

बेनी । म्याग्दीका मिम पुर्जा गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याडको अध्यक्षमा निर्बाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर भएका पुर्जा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यसअघि एनआरएनए नेदरल्याडको बरिष्ठ उपाध्यक्ष रहनुभएका पुर्जाले अध्यक्षमा दावी सहित उमेद्वार बन्नुभएको थियो ।

पुर्जा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । पुर्जाका निकटतम प्रतिस्पर्धी रामचन्द्र क्षेत्रीले १८९ मत प्राप्त गर्नुभयो । एनआरएनए नेदरल्याडको बरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमिर गुरुङ, महिला उपाध्यक्षमा सिता सापकोटा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महासचिवमा सिता क्षेत्री, सचिबमा पेमा लामा र चन्दा खड्का, कोषाध्यक्षमा शुशिला बानिया, सहकोषाध्यक्षमा रेखा घिमिरे, महिला संयोजकमा जमुना खड्का र युवा संयोजकमा निरज गुरुङ निर्बाचित भएका छन् ।

सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी, क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुवाश पराजुली, सुर्य श्रेष्ठ निर्बाचित हुनुभएको छ । महाधिवेशनबाट आइसीसी सदस्यमा टिकाराम सापकोटा निर्बाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...