म्याग्दीमा कोरोना संक्रमण बढ्न थाल्यो

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेको छ ।
निषेधाज्ञा खुकुलो, आवत जावत खुल्ला, सरकारी कार्यालय, बजार सञ्चालन भएसँगै जनस्वास्थ्यको मापदण्ड पालनामा भएको बेवास्ता र लापरबाहीका कारण कोरोनाको संक्रमण बढ्न थालेको हो ।

आइतबार मात्रै म्याग्दीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षण देखिएर स्वास्थ्य संस्था र अस्पतालमा आएकाहरुको स्वाब नमुना संकलन गरेर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

Bhautik ministry notice about road

बेनी नगरपालिकामा ११, मंगलामा २, अन्नपूर्णमा १ र जलजला गाउँपालिकाका २ जना गरि १६ जनामा पिसिआर बिधिबाट गरिएको परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार ८५० जना पुगेको छ ।

Shreekrishna hardwear in news

जिल्लाभर हाल सक्रीय संक्रमितको संख्या १०४ जना छ । आइतबार १९ जना संक्रमित निको भएर आइसोलेशन मुक्त बनेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि गत बिहिबार धवलागिरी गउँपालिकाका १९ सहित २२ जनामा कोरोना पुष्टि भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...