स्वर्ण बर्षको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

Gandaki Ghumau

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले स्थापनाको ५० औ वर्ष पुरा गरेको अवसरमा आइतबार म्याग्दीका अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

बेनी अस्पताल, छ वटा स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बालगृहलाई रु. एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानीटाइजर र ग्लोब्स सहयोग गरेको हो ।

कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

Shreekrishna

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठ, महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका निबर्तमान अध्यक्ष उत्तम कर्माचार्य, पुर्ब अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ लगायत संघका पदाधीकारीहरुले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Gunasthariya Shiksya

बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर दिवान कार्की, नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्य, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।

संघको पालिका स्तरमा रहेका इकाइहरु मार्फत स्थानीयहरुलाई सामग्री उपलब्ध गराइने म्याग्दी उद्योग बाणिज्य संघका महासचिब अमित बानियाले बताउनुभयो । बि.स. २०२७ साउन १७ गते स्थापना भएको म्याग्दी उद्योग बाणिज्य संघले स्वर्ण वर्षका अवसरमा पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम गरेको थियो ।

स्वर्ण वर्ष मनाउने क्रममा म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा शिवको मुर्ति सहितको स्तम्भ निर्माण गरेको छ । दुई हजार भन्दा बढी सदस्य रहेको म्याग्दी उद्योग बाणिज्य संघ जिल्लामा निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...