म्याग्दीमा भूकम्पले क्षति पुगेका ८८ वटा बिद्यालयका कक्षाकोठा भवन पुनःनिर्माण (भिडियो रिपोर्ट सहित)

Sinchai Khanipani notice

बेनी । पाँच वर्षको अवधीमा भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा बिद्यालयका भवन पुनःनिर्माण भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बि.स. २०७२ को भूकम्पले भत्किएका र जिर्ण बनेका बिद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा बिद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

“१०५ वटा बिद्यालयका ३४४ वटा कक्षा कोठा, ५० वटा शौचालय र २७ वटा खानेपानी आयोजना पुनःनिर्माण गर्ने लक्ष्य रहेको थियो,” उहाँले भन्नुभयो “८८ वटा बिद्यालयका २८२ वटा कक्षा कोठा, ४५ वटा शौचालय र २५ वटा खानेपानी पुननिर्माण सकिएको छ ।”

Shreekrishna hardwear in news

३० वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुननिर्माण भएको छ । ३५ वटा भवन गत आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा दुई कोठे भवन पुननिर्माणका लागि बिद्यालय ब्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन् । ४५ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, ५ वटा शौचालय र २ वटा खानेपानी आयोजनाले पुर्णता पाउन बाँकी छ । १३ वटा चार कोठे, २ वटा तीन कोठे, २ वटा दुई कोठे भवन निर्माणाधिन अवस्थामा छन् ।

एक वटा ४ कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रंगरोगन गर्ने अवस्थामा रहेका इकाईका इञ्जिनियर बिष्णु रिजालले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । ५ शौचालय र २ खानेपानीका योजना निमाणाधिन अवस्थामा छन् ।

Bhautik ministry notice about road

आर्थिक वर्ष ०७३÷७४ देखि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार) मार्फत विद्यालय भवन पुननिर्माण कार्यको थालनी भएको थियो । बि.स. २०७६ श्रावण १ मा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) स्थापना भएपछि म्याग्दीमा बिद्यालय भवन, शौचालय र खानेपानी पुननिर्माणले थप तिब्रता पाएको हो ।

कोरोनाको जोखिम, बैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि सुरु भएको बर्षातले ग्रामिण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा बिद्यालय भवन पुननिर्माणका योजना प्रभावित बनेका हुन् ।

कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भैरहेको छ । सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महशुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । जिर्ण भवनमा जोखिम मोलेर त्रासपुर्ण वातावरणमा पठनपाठन गर्नु÷गराउनुपर्ने बिद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ बिरबहादुर पुनले बताउनुभयो ।

भूकम्प प्रतिरोधी क्षमताका बिद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । बिद्यालय भवन पुनःनिर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु. ६० करोड खर्च भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा पुजिगत शिर्षकमा रु. २६ करोड १९ लख ५१ हजार बजेट बिनियोजन भएकोमा रु. २४ करोड ९९ लाख रुपैयाँ खर्च भएको इकाइका लेखा प्रमुख नारायप्रसाद सुबेदीले बताउनुभयो ।

भौगोलिक बिकटता, बैदेशिक सहायता शिर्षकबाट दाताले प्रतिवद्धता जनाएको बजेट समयमा नआउने, स्थानीय स्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव बिद्यालय भवन पुननिर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौति हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...