कोरोना बिरुद्धको खोप लगाउनेको बिद्युतीय अभिलेख राखिने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकामा कोरोना बिरुद्धको खोप लगानेहरुको बिद्युतीय अभिलेख राखिने भएको छ ।

बिश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)को सहयोगमा स्वास्थ्य सेवा बिभागले बेनी नगरपालिका लगायत देशभरका सात वटा स्थानीय तहमा खोप लगाउनेहरुको बिद्युतीय अभिलेख राख्ने तयारी गरेको हो ।

प्रदेश १ को बिराटनगर महानगरपालिका, प्रदेश २ को कलैया उपमहानगरपालिका, बाग्मतीको हैटैडा उपमहानगरपालिका, लुम्बीनीको बुटवल उपमहानगरपालिका, कर्णालीको गुराँस गाउँपालिका र सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा बिद्युतीय अभिलेख राख्न लागिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिभागको एकिकृत स्वास्थ्य सुचना ब्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले कोभिड बिरुद्धको खोप लगाउनेको अभिलेख र रिपोटिङलाई ब्यवस्थित बनाउन बिद्युतीय प्रणालीमा प्रबिष्ट गर्न लागिएको बताउनुभयो ।

नमुनाको लागि पहिलो चरणमा बेनी नगरपालिका सहित सात वटै प्रदेशका एक एक वटा स्थानीय तहहरुमा बिद्युतीय अभिलेख राख्न स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी र स्वमसेवकहरुलाई अभिमुखीकरण गरिएको छ ।

शुक्रबार बेनी नगरपालिकाका तथ्याङ्क प्रबिष्ट गराउने परिचालन हुनेहरुलाई विश्व स्वास्थ्य संगठनका डाक्टर रामु शर्मा, युएनडिपीका सुदिप अर्यालले अभिमुखीकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...