शिक्षकहरुको रिले अनसन

Gandaki Pardesh notice

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग यसअघि बिभिन्न मितिमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् ।

देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई र स्थानीय तहमा शिक्षकहरु रिले अनसन बसेका हुन् ।

Bhautik ministry notice about road

शिक्षा ऐन बनाउनुपर्ने, शिक्षकहरुको सेवा सुबिधा र पेशागत हकहितसँग सम्बन्धित बिषयमा यसअघि भएका सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउन आन्दोलनका कार्यक्रम अन्तरगत रिले अनसन आयोजन गरेको शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

शिक्षा विकास तथा समन्वय इकाई, बेनी नगरपालिका, पर्वतको जलजला गाउँपालिका लगायतका स्थानीय तहहरुमा शिक्षकका साझा माग पुरा गराउन दवावका लागि रिले अनसन बसेका थिए । दश बजेदेखि सुरु भएको अनसन तीन बजेसम्म हुने महासंघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...