बादिकाको भिरबाट जिप खस्दा एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ताकम देखि दरबाङ हुदै बेनीतर्फ आउदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका २७ वर्षीय बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्कीएको जिपबाट उछिट्टिएर भिरमा खसेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चालक सहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्कीदासम्म जिपभित्रै रहेका यात्रुहरु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो ।

स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । सो ठाउँको सडक पुर्बाधार बिकास कार्यालय मार्फत ग्राभेल गर्न स्तरोन्नतिको क्रममा छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...