मंगलामा ८१ प्रतिशत बजेट खर्च

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले पुजिगततर्फ ७६.८९ प्रतिशत र चालुतर्फ ८५.८८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । गाउँपालिकाले सञ्चालन गरेका बिकास योजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा रु. २३ करोड ५९ लाख ६३ हजार ८६० बिनियोजन भएकोमा रु. १८ करोड १४ लाख ४३ हजार ३२३ खर्च भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलबभत्ता, जनप्रतिनिधीको सुबिधा र प्रशासनिक खर्चका लागि चालु शिर्षकमा रु. २२ करोड ३४ लाख ५१ हजार १२३ बिनियोजन भएकोमा रु. १८ करोड ४१ लाख ६५ हजार ४६९ खर्च भएको छ ।

गत वर्ष मंगला गाउँपालिकाले विभिन्न शिर्षकमा रु. ४० लाख ७४ हजार १५३ आन्तरिक आम्दानी गरेको छ । सिफारिस दस्तुर, ढुङ्गा गिट्टी बालुवा उत्खनन् तथा निकासी लगायतबाट पालिकाले सो आम्दानी गरेको हो ।

गत वर्ष मंगलामा १७२ वटा योजना तथा कार्यक्रम कार्यान्वयन भएका छन् । १५२ वटा उपभोक्ता समिति र ७ वटा ठेक्का प्रक्रियाबाट योजना निर्माण भएको हो । सडक, नदी नियन्त्रण, भवन, सिचाई, खानेपानी, खेलमैदान निर्माण लगायतका योजना सञ्चालन भएका थिए ।

पालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे, ३ र ४ नम्बर वडा बरंजा, कुहँु र पुर्णगाउँ जोड्ने सडक स्तरोन्नति, हाँडेभिरमा नदी नियन्त्रण, बुकेनीमा ४ नम्बर वडा कार्यालय निर्माण गरेको छ । अर्मनमा अस्पतालको भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...